अधिवेशन धाँधलीरहित बनाउन पौडेलपक्षद्वारा देउवालाई ध्यानाकर्षण

डिसी नेपाल
२५ भदौ २०७८ ११:४६
32
Shares

काठमाडौं। नेपाली कांग्रेसका बरिष्ठ नेता रामचन्द्र पौडेल समूहले पार्टी निर्वाचनलाई धाँधलीरहित र निश्पक्ष बनाउन सभापति शेरबहादुर देउवालाई ध्यानाकर्षण गरेको छ।

शुक्रबार पौडेल नेतृत्वमा महामन्त्री डा. शशांक कोइराला, नेताहरु प्रकाश मान सिंह, अर्जुननरसिंह केसी, डा मिनेन्द्र रिजाल र जीवन परियार सहितको टोलीले आज बिहान सभापति शेरबहादुर देउवालाई वालुवाटारमा भेटवार्ता गरेको हो।

पौडेलले भनेका छन्, ‘सो अवसरमा पार्टीका क्रियाशील सदस्यहरुको छानबिन निश्पक्ष र पारदर्शी ढंगले सम्पन्न होस् र पार्टीको महाधिवेशनमा राज्यको पुलिस र प्रशासनको दुरुपयोग हुन नपाओस् भनेर ध्यानाकर्षण गरायौं।’

 




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.