बालुवाटारमा राष्ट्रिय सुरक्षा परिषद्को बैठक
काठमाडौं। प्रधानमन्त्री शेरबहादुर देउवाले राष्ट्रिय सुरक्षा परिषद्को बैठक बोलाएका छन्।
बालुवाटारस्थित प्रधानमन्त्रीको सरकारी निवासमा राष्ट्रिय सुरक्षा परिषद्को बैठक बसिरहेको प्रधानमन्त्री शेरबहादुर देउवाका प्रेस सहयोगी गोविन्द परियारले जानकारी दिए।
बैठकमा प्रधानमन्त्री देउवा, गृहमन्त्री बालकृष्ण खाँण, मुख्यसचिव शंकरदास बैरागीसहित सुरक्षा निकायका प्रमुखहरू सहभागी छन्। सुरक्षा परिषद् बैठकमा सुरक्षा अंगका चारवटै प्रमुख सहभागी छन्।
प्रतिक्रिया







डिसी नेपाल








Facebook Comment