सांसद र मर्यादापालक बिच घम्साघम्सी

डिसी नेपाल
२५ भदौ २०७८ १६:१०

काठमाडौं । सरकारले बजेट प्रतिस्थापन विधेयक ल्याएको छ। प्रतिनिधिसभाको आज शुक्रबारको तेस्रो बैठकमा नेकपा (एमाले) का सांसदहरुको नाराबाजीका बीच अर्थमन्त्री जनार्दन शर्माले उक्त विधेयक पेश गरेका हुन्।

गत जेठ १५ गते तत्कालीन अर्थमन्त्री विष्णु पौडेलले अध्यादेशमार्फत ल्याएको चालू आर्थिक वर्ष २०७८–०७९ को बजेटमा हेरफेरका लागि अहिलेको सरकारले यो विधेयक ल्याएको हो।

अर्थमन्त्री शर्माले विधेयक पेश गरिरहँदा एमाले सांसद र मर्यादापालक बिच घम्साघम्सी भएको थियो। आज दुईपटक बसेको प्रतिनिधिसभा बैठकमा एमाले सांसदहरुले अवरोध गरेका थिए। पहिलो बैठकमा एमाले सांसदले अवरोध गरेपछि सभामुख अग्निप्रसाद सापकोटाले १५ मिनेटका लागि बैठक स्थगित गरेका थिए। फेरि बसेको दोस्रो बैठकमा एमालेको अवरोध बिच संचालन गरिएको थियो। तेस्रो बैठक सुरु भए लगत्तै एमाले सांसद् रोष्टमतिर दौडिएका थिए। अर्थमन्त्री शर्मा भने पहिलै रोष्टम पुगिसकेका थिए।

यसअघि तीनवटा विधेयक पेश भइ पास समेत भइसकेको छ। एमालेको विरोधकै बिचमा अर्थमन्त्री शर्माले विधेयक पेश गरेका थिए। विरोधकै बिच सबै विधेयक पास भएको थियो।

 




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *