संखुवासभा सामुहिक हत्या प्रकरण : एक जना प्रहरी नियन्त्रणमा

डिसी नेपाल
२६ भदौ २०७८ ११:०५

काठमाडौं। प्रहरीले संखुवासभास्थित मादी नगरपालिका–१,मा एकै परिवारका ६ जनाको सामूहिक हत्याको अनुसन्धानका लागि एक जनालाई नियन्त्रणमा लिएको छ।

प्रहरीका अनुसार कार्की परिवारकै आफन्तलाई नियन्त्रणमा लिएर अनुसन्धान शुरु गरेको हो। ‘एक जना नियन्त्रणमा लिइएको छ अनुसन्धान हुदैछ’, प्रहरी स्रोतले भन्यो।

२१ भदामौ बौद्धमान कार्कीको परिवारका ६ जनाको विभत्स हत्या गरिएको थियो। ५ दिनको अनुसन्धानपछि सामूहिक हत्यामा संलग्न २६ वर्षीय लोकबहादुर कार्कीलाई प्रहरीले पक्राउ गरी अनुसन्धान शुरु गरेको हो। ‘उहाँले हत्या गरेको स्वीकार गर्नुभएको छ यद्यपि केही कुराहरु बाँकी रहेकाले सार्वजनिक गर्न मिलेको छैन’, प्रहरी स्रोतले भन्यो।

लोकबहादुरको साथबाट घरदेखि रगत लागेको कपडा र हथौडा जस्तो हतियार बरामद भएको छ। रगत लागेको कपडा र सो हतियारलाई प्रहरीले अनुसन्धान गर्ने आधारका रुपमा लिएको थियो।

पक्राउ परेका कार्कीलाई प्रहरीको केन्द्रीय अनुसन्धान व्युरो (सीआईबी) को टोलीले बयान लिइरहेको छ। प्रहरीका अनुसार पक्राउ परेका लोकबहादुरको घर घटना घटेको घरबाट करिब २०० मिटरको दुरीमा रहेको छ।

सामूहिक हत्या भएपछि घट्नास्थलमा प्रदेश प्रहरी प्रमुख अरुण कुमार बीसी, संघीय प्रहरी कार्यालय धरानका एसपी भीम दाहाल, संखुवासभाका डिएसपी लालध्वज सुवेदी घट्नास्थलमा पुगेका थिए।

सो घट्नामा ५७ वर्षीय तेजबहादुर कार्कीसहित ६ जनाको हत्या भएको थियो। ८४ वर्षीया आमा पार्वता कार्की, ५८ वर्षीया श्रीमती मनमाया कार्की, ३२ वर्षीया बुहारी रञ्जना कार्की, ८ वर्षीय नाति दीपक कार्की र ५ वर्षीया नातिनी गोमा कार्कीको हत्या गरिएको थियो।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *