हनुमाननगरले आजदेखि भाैतिक उपस्थितिमा पठनपाठन सुरू गर्दै

डिसी नेपाल
२७ भदौ २०७८ ६:३९
120
Shares

काठमाडौं ।आजदेखि हनुमाननगर कंकालिनी नगरपालिकाले भौतिक रुपमा उपस्थित भएर विद्यालय खोल्ने भएको छ। कोरोना महामारीका कारण लामो समय बन्द रहेका विद्यालयहरु अवस्था हेरेर खोल्न सिसिएमसीले डिसीसीएमसीलाई यस अघि नै निर्देशन दिइसकेको छ।

सप्तरी जिल्ला प्रशासन कार्यालयले विद्यालय सञ्चालन गर्न स्थानीयतहलाई जिम्मा दिएपछि हनुमाननगर र भारदह क्षेत्रका विद्यालय आजदेखि भौतिक उपस्थितिमै खुल्ने जनाइएको छ।

सप्तरीको राजविराजमा प्रमुख जिल्ला अधिकारी जयननारायण आचार्यको अध्यक्षतामा बसेको जिल्ला कोभिड सङ्कट व्यवस्थापन समितिको बैठकबाट विद्यालय सञ्चालन गर्ने जिम्मा स्थानीय तहलाई दिएको थियो ।

सोहीअनुरुप हनुमाननर कंकालिनी नगरपालिका भित्रका सामुदायिक र संस्थागत विद्यालय स्वास्थ्य मापदण्ड पालना गरी आजबाट संचालनमा आउने भएका हुन्।
कोरोनाविरुद्ध स्वास्थ्य सुरक्षासम्बन्धी सम्पूर्ण मापदण्ड पूरा गरी प्रत्येक तहमा रहेका सम्पूर्ण सामुदायिक तथा संस्थागत सबै विद्यालय सञ्चालन गर्ने निर्णय गरिएको हो।

प्रमुख प्रशासकीय अधिकृत सुरेन्द्रकुमार यादवले सूचना जारी गर्दै कोभिड–१९ का कारण बन्दाबन्दीले विगत लामो समयदेखि बन्द रहेको विद्यालय भौतिक रुपमा नै उपस्थित भएर विद्यालयमा पठनपाठन शुरु गर्ने निर्णय भएको जनाएका छन्।

सूचनामा कोभिड– १९ बाट जोगिन स्वास्थ्य सुरक्षाका मापदण्डको पूर्णरुपमा पालना गरी कक्षा ४ देखि १२ सम्म भौतिक रुपमा उपस्थित भई कक्षा सञ्चालन गर्नेभएको जनाइएको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.