सम्पदा पुनर्निर्माणको अभियानमा छौँः मेयर शाक्य

डिसी नेपाल
२७ भदौ २०७८ ७:४७
84
Shares

काठमाडौं । काठमाडौं महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यले सम्पदा संरक्षण र पुनर्निमाणको अभियानमा रहेको बताएका छन्। महानगरको वडा २१ सबल बहालमा रहेको २ सय १४ वर्ष पुरानो नासः मन्दिरको जीर्णोद्धारपछि उद्घाटन गर्दै शाक्यले यो अभियानमा महानगर निरन्तर लाग्ने बताएका छन्।

‘कला, संस्कृति र सम्पदाको संरक्षण र संवर्धनको योजनाबद्ध अभियानमा हामी अगाडि बढिरहेका छौँ,’ प्रमुख शाक्यले भने।

२०७२ सालको भूकम्पमा भत्केका काष्ठमण्डपसहितका मठ मन्दिर, चैत्य, बहाललगायतका भौतिक सांस्कृतिक संरचना पुननिर्माण भइरहेका छन् । नासः देवताको यो मन्दिर पनि पुननिर्माण भइसकेको छ। उनले वसन्तपुरदेखि तल्लो भेगमा रहेका सांस्कृतिक सम्पदाका विषय उठान गर्दै भने, ‘यो तल्लो भेगलाई तल नै परेको ठाउँ भनिन्थ्यो, तर अहिले यो ठाउँ विकसित हुँदै माथि आइसकेको छ ।

पहिले यो सबल बहालमा आउने मानिसहरू नाक थुनेर आउने गर्थे, अहिले आफूलाई सबल बहालको नागरिक भन्दा गर्व गर्न सक्ने अवस्था आएको छ । यसको गौरव अझ बढाउन हामीले आर्थिक समृद्धि गर्नुपर्दछ।’

शाक्यले आर्थिक समृद्धि भयो रैथाने थातथलोको घर बेचेर अन्त जानु पर्ने अवस्था नआउने बताए। यसका लागि सबैभन्दा पहिले घरका दाजुभाइहरू मिल्नु, त्यसपछि परिवार मिल्नु पर्ने उनको सुझाव छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.