कैलाली र कञ्चनपुरमा आज सार्वजनिक बिदा
काठमाडौं। सुदूरपश्चिम प्रदेश सरकारले आइतबार कैलाली र कञ्चनपुर जिल्लामा सार्वजनिक बिदा दिने निर्णय गरेको छ।गत वैशाख १९ गते बसेको प्रदेश मन्त्रिपरिषद्को बैठकले गरेको उक्त दुई जिल्लामा आइतबार सार्वजनिक बिदा दिने निर्णय गरेको थियो।
थारू समुदायको अटवारी पर्वको अवसरमा प्रदेश सरकारले सार्वजनिक बिदा दिने निर्णय गरेको हो।थारू समुदायमा यो पर्वलाई विशेष पर्वको रुपमा लिइन्छ। यस अवसरमा दाजुभाइ, दिदीबहिनी र छरछिमेकीबीच माया, ममता, सद्भाव र भ्रातृत्व कायम रहने मान्यता रहेको छ।
अटवारी पर्वको माध्यमबाट दाजुभाइ तथा दिदीबहिनी बीच स्नेह र ममता प्रगाढ हुने विश्वास थारू समुदायमा छ।कैलाली र कन्चनपुर जिल्ला राना थारुहरुको बाहुल्यता भएको जिल्ला हो।
No ads found for this position
प्रतिक्रिया

डिसी नेपाल
Facebook Comment