युवालाई आफ्नो सीप बेचेर खानसक्ने बनाउनुपर्छः प्रदेश प्रमुख शर्मा

डिसी नेपाल
२८ भदौ २०७८ २२:२६

वाग्मती । वाग्मती प्रदेशका प्रमुख यादवचन्द्र शर्माले प्राविधिक शिक्षाले नै बेरोजगारी समस्या समाधान गर्ने बताएका छन् । प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सिटिइभिटी)का उपाध्यक्ष खगेन्द्र अधिकारीलगायतको टोलीसँग आज भएको भेटघाटमा उनले नेपाली युवालाई आफ्नो सीप बेचेर खानसक्ने बनाउनुपर्ने धारणा राखे ।

उनले आफूले स्नातकोत्तरसम्मको अध्ययन गरेको भए पनि सीपमूलक नभएकाले जीविकोपार्जनमा शिक्षाको प्रयोग हुन नपाएको भन्दै अबको शिक्षा व्यावहारिक र प्राविधिक हुनुपर्नेमा जोड दिए। प्रदेश प्रमुख शर्माले सिटिइभिटी माध्यमबाट धेरै नागरिक स्वरोजगार तथा रोजगार बन्नसकेको भन्दै अझ धेरैभन्दा धेरै युवालाई समेट्न सुझाव दिए ।

त्यस्तै प्रदेशका पूर्वमुख्यमन्त्री डोरमणि पौडेलले आफू पदमा हुँदा पनि र नहुँदा पनि प्राविधिक शिक्षाको विकासका लागि परेको धारणा राखे । दुई हजार ५०० भन्दा धेरै विद्यार्थीलाई विभिन्न विषयका प्राविधिक ज्ञान दिने उद्देश्यले हेटौँडामा निर्माणाधीन बहुप्राविधिक विद्यालयको निर्माणको काम समयमै सम्पन्न गराउन ध्यान दिन जरुरी रहेको उनले बताए। रासस




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *