युवालाई आफ्नो सीप बेचेर खानसक्ने बनाउनुपर्छः प्रदेश प्रमुख शर्मा
वाग्मती । वाग्मती प्रदेशका प्रमुख यादवचन्द्र शर्माले प्राविधिक शिक्षाले नै बेरोजगारी समस्या समाधान गर्ने बताएका छन् । प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सिटिइभिटी)का उपाध्यक्ष खगेन्द्र अधिकारीलगायतको टोलीसँग आज भएको भेटघाटमा उनले नेपाली युवालाई आफ्नो सीप बेचेर खानसक्ने बनाउनुपर्ने धारणा राखे ।
उनले आफूले स्नातकोत्तरसम्मको अध्ययन गरेको भए पनि सीपमूलक नभएकाले जीविकोपार्जनमा शिक्षाको प्रयोग हुन नपाएको भन्दै अबको शिक्षा व्यावहारिक र प्राविधिक हुनुपर्नेमा जोड दिए। प्रदेश प्रमुख शर्माले सिटिइभिटी माध्यमबाट धेरै नागरिक स्वरोजगार तथा रोजगार बन्नसकेको भन्दै अझ धेरैभन्दा धेरै युवालाई समेट्न सुझाव दिए ।
त्यस्तै प्रदेशका पूर्वमुख्यमन्त्री डोरमणि पौडेलले आफू पदमा हुँदा पनि र नहुँदा पनि प्राविधिक शिक्षाको विकासका लागि परेको धारणा राखे । दुई हजार ५०० भन्दा धेरै विद्यार्थीलाई विभिन्न विषयका प्राविधिक ज्ञान दिने उद्देश्यले हेटौँडामा निर्माणाधीन बहुप्राविधिक विद्यालयको निर्माणको काम समयमै सम्पन्न गराउन ध्यान दिन जरुरी रहेको उनले बताए। रासस
No ads found for this position


डिसी नेपाल
Facebook Comment