गैंडाकाेटमा बस र ट्रक ठाेकिए, तीन जनाकाे मृत्यु, २४ जना घाइते

डिसी नेपाल
२९ भदौ २०७८ ८:२३
216
Shares

काठमाडौं । नवलपुरको गैंडाकोटमा यात्रु बोकेको बस र ट्रक एक आपसमा ठोकिँदा तीन जनाको मृत्यु भएको छ भने २४ जना घाइते भएका छन्।

प्रहरीका अनुसार सुदूरपश्चिम प्रदेश ०२–००१ ख ११२३ नम्बरको बस र विपरित दिशाबाट आएको ना ६ ७१२६ नम्बरको ट्रक मंगलबार विहान गैंडाकोटको २३ स्मृति पुल नजिकै ठोक्किएका हुन्।

मंगलबार विहान चार बजेतिर उक्त दुर्घटना भएको हो। बस सडकदेखि १० फिट तल खस्दा दुई जना महिला र एक जना पुरुषको मृत्यु भएको प्रहरीले जनाएको छ। मृतकको परिचय खुल्न सकेको छैन। घाइतेको भरतपुरमा उपचार भइरहेको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.