नेकपा (एस) गण्डकीको अध्यक्षमा तुलबहादुर गुरुङ चयन
काठमाडौं। माधव कुमार नेपाल नेतृत्वको नेकपा एकीकृत समाजवादी पार्टीको गण्डकी प्रदेश अध्यक्षको जिम्मेवारी तुलबहादुर गुरुङले पाएका छन्।
प्रदेश ईन्चार्ज केशवलाल श्रेष्ठको प्रमुख अतिथ्यथामा भएको बैठकले अध्यक्षमा गुरुङलाई चयन गरेको हो।गुरुङको अध्यक्षतामा १ सय ३५ सदस्यीय प्रदेश कमिटी निर्माण गरिएको हो।
प्रदेश कमिटीको सचिवमा प्रतापलाल श्रेष्ठ, उपसचिवमा श्रीनाथ बराल रहेका छन् । कमिटीमा उपाध्यक्ष र महिला उप सचिव पद खालि राखिएको छ।
गुरुङ विद्यार्थी राजनीतिबाट उदाएका नेता हुन्।उनी पूर्वमन्त्री तथा अनेरास्ववियुको पूर्व अध्यक्ष समेत हुन्।
No ads found for this position
प्रतिक्रिया


डिसी नेपाल
Facebook Comment