महालेखा परीक्षकमा सशस्त्र प्रहरी उत्कृष्ट

डिसी नेपाल
२९ भदौ २०७८ २१:३७

काठमाडौ । यो बर्ष शसस्त्र प्रहरी कार्य सम्पादनमा उत्कृष्टमा पर्न सफल भएको छ ।

महालेखा परीक्षकको कार्यालयले तयार पारेको प्रतिवेदनमा एपीएफ कार्य सम्पादनमा उत्कृष्टमा पर्न सफल भएको हो । सीमा सुरक्षा पोष्ट बृद्धी गरी २ सय ११ पुयाएको, उपत्यका बाहिर सशस्त्र कर्मचारी बाहेक ६ हजार २ सय १० जनालाई स्वास्थ्य सेवा प्रदान गरेको, एपीएफ अस्पताल बलम्वुले कोरोना रोकथाम तथा नियन्त्रण गर्न कोरोना डेडिकेटड अस्पतालको रुपमा सेवा उपलब्ध गराएको, ५३ कार्यालयमा भौतिक संरचना पुननिर्माण गरेको जनाएको छ ।

एपीएफले कोरोना भाइरस नियन्त्रणकालागि आइसोलेसन सेन्टर स्थापना गर्न महत्वपूर्ण भूमिका निभएको, सीमा नाकामा कडाइ गर्नुका साथै क्वारेन्टिन निर्माण, संकट प्रतिकार्यमा उल्लेख्य भूमिका निर्वाह गरेको, सुरक्षाकर्मी परिचालनमा समेत एपीएफ अगाडि रहेको महालेखा परीक्षकको कार्यालयले आफ्नो प्रतिवेदनमा उल्लेख गरेको छ ।

त्यस्तै कार्यालयले गत आर्थिक बर्षमा गरेको कार्यसम्पादन उत्कृष्ट रहेको भन्दै एपीएफले २ दर्जन जति हतियार बरामद गरेको एक बर्षमा ८३ पटक नेपाल भारत तथा नेपाल चीन सीमा बैठक गरेको, मानव बेचबिखनमा परेका १२ जनाको उद्धार गर्नुका साथै चोरी निकासी नियन्त्रणमा प्रभावकारी भूमिका खेल्दै ६१ करोड ११ लाख बराबरको सामान पक्राउ गरी भन्सार कार्यालय बुझाएको जनाएको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *