खोलाले बगाउँदा बालकको मृत्यु

डिसी नेपाल
२९ भदौ २०७८ २२:१९

काठमाण्डौं । काभ्रेको रोशी खोलाले बगाउँदा एक जना बालकको मृत्यु भएको छ ।
खोलाले बगाएको बालकलाई बेलुका रोशी गाउँ पालिका वडा न ११ काल्ढुङ रोशी खोलाको किनारमा मृत अवस्थमा भेटिएको प्रहरीले जनाएको छ।

तेमाल गाउँपालिका ५ कोकमका ८ वार्षीय बालक विद्यालयबाट फर्केर दिउँसो खोलामा पौडी खेल्न गएका थिए। बगाएपछि खोजबिन गर्दा ३ किलो मिटरसम्म बगाएको अवस्थामा उनको शव खोला छेउमा भेटिएको ईलाका प्रहरी कार्यालयका प्रहरी निरीक्षक शेखर खड्काले जानकारी दिए ।

शव पोस्टमार्टमको लागि जिल्लातर्फ धुलिखेल अस्पताल पठाइएको प्रहरी निरीक्षक खड्काले जानकारी दिए।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *