अझै केही दिन मनसुन सक्रिय हुने

डिसी नेपाल
३० भदौ २०७८ ११:३७
136
Shares

काठमाडौं। भदौको अन्तिम सातामा पुग्दा समेत मनसुन सक्रिय भइराखेको छ। मंगलबार राती देखि बुधबारसम्म देशका विभिन्न भूगागहरुमा वर्षात भइराखेको छ।यो क्रम अझै केही दिन रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। महाशाखाले आगामी तीन दिनको मौसम पूर्वानुमान गर्दै शुक्रबार सम्म वर्षाको सम्भावना रहेको बताएको छ।

महाशाखाका अनुसार,बुधबार दिउँसो देशभर सामान्य बदली रही बागमती, गण्डकी र सुदूरपश्चिम प्रदेशका केही र अन्य प्रदेशका थोरै स्थानहरुमा मेघ गर्जन,चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ।त्यस्तै बेलुका देखि,देशभर सामान्य बदली रही लुम्बिनी प्रदेशका धेरै स्थानहरुमा तथा अन्य प्रदेशका थोरै स्थानमा मेघ गर्जन,चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ।

बिहीबार दिउँसो देशभर सामान्य बदली रही लुम्बिनी र सुदूरपश्चिम प्रदेशका केही बाँकि प्रदेशका थोरै स्थानहरुमा मेघगर्जन,चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ।त्यस्तै शुक्रबार देशभर सामान्य बदली रही धेरै स्थानहरुमा मेघ गर्जन, चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ।

 




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.