भारतबाट निजी क्षेत्रकाे रेल पहिलाे पटक बिरगञ्ज पुग्याे

डिसी नेपाल
३० भदौ २०७८ १३:५४
524
Shares

काठमाडौं । नेपाल भारत रेल्वे सम्झौता भएपछि पहिलो पटक निजी क्षेत्रको रेल विरगञ्ज पुगेको छ। भारतीय सरकारको मात्र रेल आइरहेको विरगञ्ज सुख्खा बन्दरगाहमा पहिलो पटक निजी रेल आएको हो।

नेपाल इन्टरमोडल यातायाता विकास समितिका अनुसार हिन्द टर्मिनल प्रालिका भारतीय रेल सुख्खा बन्दरगाहमा आएको हो। खाद्यान्न को २० फिट अग्लो ९० वटा कन्टेनर बोकेर रेल नेपाल आएको हो।

दुबै पक्षबाट सम्झौतामा केही संशोधन भएपछि २००४ सालमा भएको सम्झौताले पूर्णता पाएको हो। योसँगै नेपाल आउने सामान ल्याउने कार्गो रेलमा भारतीय कम्पनीको सिन्डिकेट तोडिएको छ। अब सामुद्रिक बन्दरगाहसम्म नेपाली रेलको पहुँच हुनेछ।

 




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.