विज्ञानलाई कक्षा शिक्षा मात्र होइन, साइन्स पार्क शिक्षा बनाऔं : पूर्वमन्त्री शाह – Dcnepal

विज्ञानलाई कक्षा शिक्षा मात्र होइन, साइन्स पार्क शिक्षा बनाऔं : पूर्वमन्त्री शाह

काठमाडाैं  । २०२७ सालदेखि नेपालको कम्युनिष्ट राजनीतिमा सक्रिय ई.गणेश शाह, नेपालका राजनीतिज्ञ तथा पूर्वमन्त्री हुन्। विज्ञान, प्रविधि तथा वातावरण मन्त्री बनिसकेका शाहले रसियाको जनमैत्री विश्वविद्यालयबाट मेकानिकल इन्जिनियरिङमा स्नातकोत्तर गरेका छन्।

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) स्थायी कमिटी सदस्य, नेपाल कम्युनिष्ट पार्टी(संयुक्त)का महासचिव रहेका शाह हालसम्म पनि मन्त्री झै सक्रिय भएर विज्ञानसम्बन्धीका विभिन्न कार्यक्रम गर्न र कार्यक्रममा सहभागी हुन उत्साहित हुन्छन् । युवाका विभिन्न कार्यक्रम, आइटीका गतिविधि, पानी र वातावरण क्षेत्रमा उनको सक्रियता अग्रस्थानमा हुन्छन्।

मन्त्री भएको बेला विज्ञान तथा प्रविधि क्षेत्रमा केहि उल्लेखनीय काम गरेकोले गर्दा आज पनि नेपालमा विज्ञान तथा प्रविधि आदि विषयमा छलफल हुँदा उनलाई अगाडि सार्ने गरिन्छ।

नेपालमा विज्ञान तथा प्रविधिको विकास तथा वर्तमान र भविष्यको अवस्थामा विज्ञानको क्षेत्रलाई कसरी अगाडि बढाउनु पर्छ भन्ने विषयमा सधैं चिन्तित रहने पूर्वमन्त्री शाह विज्ञान दिवस आयोजक समितिका संयोजकसमेत हुन्।

नेकपा(माओवादी केन्द्र)का स्थायी समिति सदस्य तथा पार्टीका विज्ञान प्रविधि संयोजक पनि रहेका शाहसँग असोज १ गते मनाइने ‘नवौं राष्ट्रिय विज्ञान दिवस’मा केन्द्रित भएर गरिएको कुराकानीलाई आज डिसी नेपालले समेटेको छ।

विज्ञानसम्बन्धीका कुरा शाहकै शब्दमा  

नेपालभर राष्ट्रिय विज्ञान दिवस प्रत्येक वर्ष असोज १ गते मनाइन्छ । दिवसमा हरेक सालको नारा विकास र शान्तिको लागि विज्ञानको विकास हुनुपर्छ भन्ने नै हुन्छ।

देशमा विज्ञान तथा प्रविधि विषयमा जनचेतना बढाउने, नीति निर्मातादेखि तल्लो तहका जनतासम्म विज्ञान क्षेत्रमा सक्रिय भूमिका निभाउने अवस्था सिर्जना गर्नका लागि सचेतनामूलक र अभियानमुखी काम गर्ने उद्देश्यले यो दिवस मनाइएको हो।

यो दिवसप्रति विभिन्न देशको आ–आफ्नै बुझाई छ। रुस, चीन लगायत देशहरु अन्तरिक्ष विज्ञानको कुरा गर्छन्, उनीहरु आर्टिफिसियल इन्टेलिजेन्सको कुरा गर्छन्। विकसित मुलुकहरुमा अन्तरिक्ष विज्ञानको कुरा हुन्छ । जसलाई विश्वले औद्योगिक क्रान्तिको चौथो चरण भन्छ । त्यसैले गर्दा पनि विज्ञानको प्रगतिले विकास भएको छ, उत्पादन प्रणालीमा परिवर्तन आएको छ।

डा.बाबुराम भट्टराई प्रधानमन्त्री भएको बेलाको नेतृत्वमा गठित संयुक्त सरकारले २०६९ मा निर्णय गरेर २०७० देखि राष्ट्रिय विज्ञान दिवस मनाउन थालिएको हो।

यो दिवसप्रति विभिन्न देशको आ–आफ्नै बुझाई छ। रुस, चीन लगायत देशहरु अन्तरिक्ष विज्ञानको कुरा गर्छन्, उनीहरु आर्टिफिसियल इन्टेलिजेन्सको कुरा गर्छन्। विकसित मुलुकहरुमा अन्तरिक्ष विज्ञानको कुरा हुन्छ । जसलाई विश्वले औद्योगिक क्रान्तिको चौथो चरण भन्छ । त्यसैले गर्दा पनि विज्ञानको प्रगतिले विकास भएको छ, उत्पादन प्रणालीमा परिवर्तन आएको छ।

तर विज्ञानले विध्वंस पनि स्थापित गरेको छ । परमाणु, एटम बम लगायतले मानव सभ्यतामै प्रहार भएको छ । त्यसले गर्दा विश्वभरि विज्ञान, विकासका लागि मात्रै होइन शान्तिका लागि पनि प्रयोग गर्नुपर्छ भनिएको हो । यूनेस्कोले पनि पिस कल्चर(शान्ति संस्कृतिको विकास)को नारा लिएको छ।

यही सन्दर्भमा नेपालमा पनि मेरै नेतृत्वमा १२ वर्ष अगाडि ‘विश्व विज्ञान दिवस’को उपलक्ष्यमा नेपालमा पनि राष्ट्रिय विज्ञान दिवस मनाउनु पर्छ भनेर पहलकदमी भयो । र, बाबुराम भट्टराई प्रधानमन्त्री हुँदा विज्ञान दिवस त मनाउने तर कुन दिन मनाउने भनेर एउटा समिति गठन भयो ।

त्यो समितिको सिफारिसमा नेपालमा पहिलो पब्लिक साइन्स कलेज(अहिलेको अमृत साइन्स कलेज) खुलेको दिन अर्थात् जनस्तरमा विज्ञानको पढाइ हुने कलेज स्थापना भएको दिन असोज १ गतेलाई विज्ञान दिवस मनाउने निर्णय भयो । र, सामान्यतया हाम्रो समाजमा सांस्कृतिक रुपमा विज्ञान प्रविधिका काम कुराहरु गर्न असोज १ लाई शुभ दिन पनि मानिन्छ ।

खिलराज रेग्मी प्रधानमन्त्री भएको बेला टेक्नोलोजीको क्षेत्रमा पहिलो राष्ट्रिय विज्ञान दिवस काठमाडौंस्थित प्रज्ञा प्रतिष्ठानमा मनाइएको थियो । त्यसको प्रमुख अतिथि खिलराज रेग्मी हुनुहुन्थ्यो । त्यसबेलादेखि विज्ञान दिवस विभिन्न नाराका साथ हरेक वर्ष मनाइदै आइएको छ । यसपाली असोज १ गते ९औँ राष्ट्रिय विज्ञान दिवस मनाउछौं ।
विज्ञानको प्रचारप्रसार गर्न र यससम्बन्धी जनचेतना बढाउन २०७६ सालमा दिवसका लागि त्यसबेलाका शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलको संयोजकत्वमा मूल समारोह समिति गठन गरिएको थियो ।

त्यसबेला ‘विज्ञान, प्रविधि र नवप्रवर्तनः सामाजिक आर्थिक रुपान्तरण’ भन्ने नारासहित सातौं राष्ट्रिय विज्ञान दिवस मनाइएको थियो । र, केपी शर्मा ओली प्रधानमन्त्री भएको बेला यही सातौं विज्ञान दिवसमा नेपालको विज्ञान प्रविधि तथा नवप्रवर्तन नीति–२०७६ घोषणा गरिएको थियो।

जबसम्म आम नागरिकमा वैज्ञानिक चेतनाको विकास हुँदैन तबसम्म समाजमा व्याप्त अन्धविश्वास, रुढीवादी सोच आदिको अन्त्य हुँदैन । सुरुसुरुमा हामीमा भूकम्प जाँदा प्राकृतिक प्रकोप भन्दा पनि दैवी प्रकोप भन्ने भ्रम थियो । विज्ञान बुझ्यो भने यस्ता अन्धविश्वास कुरिती सबै समाजबाट हराउँछ।

नेपालमा विज्ञानसम्बन्धी चेतना जागरण बढाउनु पर्छ र प्रारम्भिक शिक्षा (स्कुलस्तरदेखि)मा विज्ञानको शिक्षा हुनुपर्छ अनिमात्र रुढीवादी अन्धविश्वासबाट पछि हटिन्छ। विज्ञान विकासको क्षेत्रमा अनुसन्धात्मक गतिविधि बढाउनको लागि युवा वैज्ञानिक, युवा अनुसन्धानकर्ता र युवा नवप्रवर्तनलाई जोड दिनुपर्छ।

हामीले नीति बनाउदा पनि नवप्रवर्तन(आविष्कार)लाई जोड दिनु पर्छ, जुन अहिले नवप्रवर्तन शब्दलाई जोड दिइराखेका छौं। नवप्रवर्तन भएन भने एप्लाइ साइन्सको विकास हुँदैन। त्यसैले इनोभेटिभ माइण्डलाई जोड्नु पर्छ भन्ने मान्यता हो।

सबैको लागि विज्ञान दिवस मनाउने हो र विज्ञानमा लगानीको अभिवृद्धि राज्यले पनि गर्नुपर्यो। हामीले अन्य देश जस्तै विज्ञान क्षेत्रको वस्तु विकसित गर्ने कि नगर्ने ?, नेपालमा पनि विज्ञानका ठूलठूला विश्वविद्यालय, अनुसन्धान केन्द्रहरु बनाउने पहल गर्न कि नगर्ने ?, भन्ने कुराहरु भइराखेको छ। यसमा नीजि क्षेत्र, सरकार तथा अन्तर्राष्ट्रिय माध्यमबाट सहयोग सपोट हुनुपर्छ।

हामीले नीति बनाउदा पनि नवप्रवर्तन(आविष्कार)लाई जोड दिनु पर्छ, जुन अहिले नवप्रवर्तन शब्दलाई जोड दिइराखेका छौं। नवप्रवर्तन भएन भने एप्लाइ साइन्सको विकास हुँदैन। त्यसैले इनोभेटिभ माइण्डलाई जोड्नु पर्छ भन्ने मान्यता हो।

विज्ञान दिवस मनाउन थालेदेखि सरकारले पनि नीतिमा विस्तारै विस्तार गरेको छ। विज्ञान क्षेत्रको लगानीमा हाम्रो जिडीपी १ प्रतिशतसम्म पुर्याउने भन्ने छ। विकसित देशहरुको ३–४ प्रतिशत छ। चाइना अहिले अगाडि बढेकै भनेको विज्ञानमा लगानी बढाएकाले हो। हुनत हामीले २–३ वर्षदेखि विज्ञान कुटनीतिमा पनि जोड दिइराखेका छौं।

आजको विश्व परिवेश कुटनीतिमा पनि वैज्ञानिक डाटा वा आधारमा कुरा गर्नुपर्छ। कुनैपनि क्षेत्रमा कुटनीतिक सम्वाद गर्नु पर्यो भने ज्ञानमा आधारित उद्योगको कुरा गर्छौ अर्थात् ज्ञानको आदानप्रदान अहिले विश्वव्यापी जरुरी छ । अब आगामी दिनको कुटनीतिमा पनि वैज्ञानिक डाटाहरु लिएर अगाडि बढ्नु पर्छ।

नेपालमा वैज्ञानिक समुदायको संख्या दिन प्रतिदिन बढ्दैछ। हाम्रो आकाडामा ९०/९५ हजार नेपालको वैज्ञानिक समुदाय छ। तर, लगानीमा खासै वृद्धि हुन सकेको छैन। यो सबैको चिन्ता र चासोको विषय हो। त्यसैले समृद्धि नेपाल या सुखी नेपालीको नारा गर्ने हो भने त्यसको लागि विज्ञान र प्रविधिमा लगानी अभिवृद्धि गर्नु पर्छ र हाम्रो माग पनि त्यही हो।

वैज्ञानिक समुदायलाई पनि प्रोत्साहित, उत्साहित बनाउनु पर्छ। र, विज्ञानको लागि स्कुल शिक्षादेखि नै विज्ञान शिक्षालाई बढावा दिनुपर्छ। विकसित देशमा विज्ञानको सिकाई ४० प्रतिशत कक्षा कोठामा र ६० प्रतिशत कक्षा बाहिर हुन्छ। त्यसैले नेपालमा पनि विज्ञान प्रदर्शनी, विज्ञान पार्कहरुको निर्माण गर्नुपर्छ।

विज्ञान शिक्षालाई कक्षा शिक्षा मात्र होइन साइन्स पार्क बनाऔं अर्थात् प्राक्टिकल शिक्षा बनाऔं। तर, नेपालमा त्यो बनेको छैन्। हरेक पालिका या प्रदेशमा विज्ञानको प्रदर्शनीहरु र बच्चाहरुले गरेको सिर्जनात्मक विज्ञानलाई प्रोत्साहित गर्न स्थानीय प्रदेश सरकारहरुले पनि विभिन्न गतिविधि गर्नुपर्ने हुन्छ।

हाम्रोमा विज्ञानलाई शब्दमा विकास गर्नुपर्छ भन्ने आयो। तर, जीवन, व्यवहार र अथार्थमा ध्यानाकर्षण भएको छैन्। नेपालमा सामान्यतया अरु क्षेत्रमा राष्ट्रपतिबाट प्रदान गरे झै अबका दिनमा विज्ञान दिवसमा पनि राष्ट्रिय उत्कृष्ट पुरस्कार दिने पहलकदमी हुन बाँकी छ, जुन विज्ञान विकासको लागि अति आवश्यक छ।

हाम्रोमा विज्ञान मन्त्रालयप्रति कुनै पार्टीलाई पनि चासो छैन्। अहिले सम्म पनि सबभन्दा सानो पार्टीलाई विज्ञान मन्त्रालयको जिम्मा दिइदै आइएको छ। राजनीतिकस्तरमै पनि अन्य मन्त्रालयमध्ये विज्ञान मन्त्रालयलाई हेयको दृष्टिले हेरिन्छ।

यो नवौं राष्ट्रिय विज्ञान दिवसको नारा ‘विज्ञानको विकास महामारी र प्रकोपको सहज निकास’ भन्ने छ। यो दिवसमा अनलाइनमा हजारौं युवाहरुलाई जोडेर विज्ञानसम्बन्धीका कुराकानी तथा छलफल गर्छौ। म आफै पनि पार्टीको विज्ञान प्रविधि विभागको प्रमुखको हैसियतले पार्टीको तर्फबाट पार्टी अध्यक्षको उपस्थितिमा अब राजनीतिक पार्टीहरुले विज्ञान र प्रविधिको विकासमा कसरी सहयोग गर्ने र पार्टीलाई कसरी प्रविधि बनाउनु पर्छ भन्ने कुरामा आह्वान गरेका छौं।

विज्ञान अब आमा नागरिकको दिमागमा राखिदिनु पर्छ, जसले वैज्ञानिक सोचको विकास गर्छ र वैज्ञानिक समाजवाद बन्छ। त्यसैले सरकार, जनता र राजनीतिक पार्टीको तर्फबाट यो दिवस मनाउन आ-आफ्नो प्रयास, कार्यक्रम गर्दैर्छौ।

नेपाल जैविक विविधता भएको देश हो, यहाँ दिनप्रतिदिन जैविक विविधता नष्ट हुँदैछ। विशेषतः जलस्रोतमा नेपाल एसियाको पहिलो धनी देश हो, त्यसैले पानी विज्ञानमा नेपालले अग्रसरता लिनु पर्छ। जीव वा जैविक विज्ञान, क्लाइमेन्ट साइन्समा ध्यान दिनुपर्छ।

क्लाइमेन्ट साइन्स (जलवायु विज्ञान)को विभिन्न सेक्टरको पढाई, अनुसन्धान, उद्यमशीलता र यसमा अन्तर्राष्ट्रिय सहयोग हुनुपर्छ। त्यसैले ‘हिमालय क्लाइमेन्ट चेन्ज रिसर्च सेन्टर’ नेपालमा एउटा बन्नुपर्छ। र, त्यसले भोलिको दिनमा पानीको संकटको बारेमा कहाँ संरक्षण गर्ने, आवश्यकता हुँदा त्यसलाई कसरी वितरण गर्ने भन्ने कुरामा ध्यान दिनु पर्छ।

अब विश्वमा युद्ध केही कुराको लागि हुन्छ भने पानीको लागि हुन्छ। त्यसैले पानी अमूल्य हो यसको लागि विज्ञान चाहे त्यो मौसमको बारेमा होस या पानीको क्वालिटी वा संरक्षण, ग्राउण्ड वाटरको बारेमा होस्, अब नेपाल वाटर साइन्स(पानी विज्ञान)को सेन्टर बन्नु पर्छ। र, नेपालले वाटरको सेन्टर बनाउने अग्रसरता लिनु पर्छ।

Facebook Comment


सम्बन्धित खवर

ताजा भिडियो