स्कारपियोको ठक्करबाट एक जनाको मृत्यु

डिसी नेपाल
२५ वैशाख २०८३ १८:३२

धनुषा। ढल्केबर-जनकपुर खडकअन्तर्गत धनुषाको लक्ष्मिनिया गाउँपालिका-४ सपहीचोकमा स्कारपियो गाडीको ठक्करबाट स्कुटर चालक महिलाको मृत्यु भएको छ।

आज ढल्केबरबाट जनकपुरतर्फ जाँदै गरेको बा प्र ०१-०३१ च ९०६३ नम्बरको स्कारपियोले परीक्षण कालमा रहेको विद्युतीय स्कुटरलाई ठक्कर दिएको प्रहरीले जनाएको छ।

दुर्घटनामा स्थानीय ३० वर्षीया पुनम साह गम्भीर घाइते भएकी छन्। उनलाई उपचारको लागि प्रादेशिक अस्पताल जनकपुर पठाइएकामा चिकित्सकले बाटोमा साहको मृत्यु भइसकेको बताएका इलाका प्रहरी कार्यालय महेन्द्रनगरका प्रहरी निरीक्षक राजाराम यादवले जानकारी दिए।

मृतकको शव परीक्षणका लागि सोही अस्पतालमा राखिएको प्रहरीले जनाएको छ। इलाका प्रहरी कार्यालयका प्रहरी निरीक्षक यादवका अनुसार प्रहरीले स्कारपियो चालक विराटनगर महानगरपालिका-७ निवासी ५२ वर्षीय नरेश राठीलाई नियन्त्रणमा लिएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *