केएफसी अब भाटभटेनीमा पनि

डिसी नेपाल
१ असोज २०७८ १६:३६
1.1k
Shares

काठमाडौं । अन्तर्राष्ट्रिय फुड चेन ब्रान्ड केएफसीले शुक्रबार नयाँ शाखा स्थापना गरेको छ । काठमाडौं उपत्यकाको नक्सालस्थित भाटभटेनी डिपार्टमेन्टल स्टोरको प्राङ्गणमा खुलेको हो ।

१ हजार ६ सय ४० वर्ग फिटमा खोलिएको यो रेस्टुरेन्टमा एक पटकमा ४० जना ग्राहकहरूले सेवा लिन सक्नेछन्। रेस्टुरेन्टले हाल बिहान ९ बजेदेखि रातिको साढे ८ बजेसम्म डाइन–इन, टेक-अवे र होम डेलिभरीमार्फत सेवा दिने बताइएको छ।

केएफसी रेस्टुरेन्ट विश्वमै सबैभन्दा स्वादिष्ट चिकेनको परिकार उपलब्ध गराउने रेस्टुरेन्टको रुपमा परिचित छ। नयाँ आउटलेटको मेन्यूमा केएफसीका विभिन्न चिकेन परिकार जस्तैः हट एन्ड क्रिस्पी चिकेन, चिकेन पपकर्न, चिकेन स्ट्रिप्सलगायत बर्गर र अन्य परिकार राखिएको छ। कोरोना महामारी र लकडाउनका कारण नयाँ आउटलेट सञ्चालनमा ढिलाइ भएको सिएफओ रितुराज शाहले जानकारी दिए।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *