राजश्व अनुसन्धानलाई प्रविधिमैत्री बनाउन मुख्यसचिव बैरागीको निर्देशन

डिसी नेपाल
१ असोज २०७८ २३:४६

काठमाडौं । मुख्यसचिव शङ्करदास बैरागीले राजश्व अनुसन्धान विभागले गर्ने अनुसन्धानलाई प्रविधिमैत्री बनाउन निर्देशन दिएका छन् ।

विभागको समीक्षा गोष्ठीलाई शुक्रवार(आज) सम्बोधन गर्दै उनले कानून, नियम, कार्यविधिमा सुधार, समन्वय, क्षमता विकास, अनुगमन, प्रतिवेदन र आमसञ्चारसँग अन्तरक्रिया गर्ने विषयमा ध्यान दिन निर्देशन दिए ।

गोष्ठीमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, अर्थ मन्त्रालय, भन्सार विभाग, आन्तरिक राजस्व विभाग तथा सुरक्षा निकाय तथा निजी क्षेत्र समेतको उपस्थिति थियो । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका सचिव भरतमणि सुवदीले राजस्व चुहावट नियन्त्रण र विदेशी विनिमय अपचलन नियन्त्रणका लागि अन्तर निकायगत आवद्धता र समन्वय राखेर काम गनुपर्नेमा जोड दिए ।

कार्यक्रमका अध्यक्ष तथा विभागका महानिर्देशक रामप्रसाद आचार्यले ‘भिसिटिएस’ कार्यान्वयनमा सहयोग गरेकोमा निजीक्षेत्रप्रति सम्मान व्यक्त गरे । उनले राजस्व चुहावट तथा विदेशी विनीमय अपचलनजस्ता कानून विपरितका कार्यलाई हतोत्साही गर्न सम्वन्धित निकायहरूबीच समन्वय राखेर कार्य गर्ने र अनुसन्धानलाई प्रभावकारी बनाउँदै लैजाने बताए । अर्थ मन्त्रालयका सहसचिव रामेश्वर दङ्गालले अपराधिक कार्य कुन हो भन्ने छुट्याएर सोमा अनुसन्धान केन्द्रित गर्नुपर्ने र अदालतबाट भएको फैसला अध्ययन गरेर सोही बमोजिम अनुसन्धानको रणनीति अद्यावधिक गर्नुपर्ने आवश्यकता औंल्याए ।

 




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *