चितवनको राप्तीमा एक जनाको हत्या, छिमेकीपक्राउ

डिसी नेपाल
२ असोज २०७८ ७:३४

काठमाडौं । राप्ति नगरपालिकामा एक जनाको हत्या भएको छ। राप्ती नगरपालिका वडा नं. ९ का कान्छा लामाको गएराति हत्या भएको प्रहरीले जनाएको छ। प्रहरीका अनुसार हत्या आरोपमा एक जनालाई पक्राउ गरिएको छ।

प्रहरीका अनुसार शुक्रबार बेलुकी सँगै खानपिन गरेको र त्यही क्रममा विवाद हुँदा छिमेकी दशरथ ठकुरीले फलामको गलले टाउकामा हिर्काएर हत्या गरेका हुन्।

आरोपी ठकुरीमाथि स्थानीयले हातपात गर्न खोज्दा प्रहरीसँग झडप भएको छ। झडपमा स्थानीय र केही प्रहरी घाइते भएका छन्। मृतक लामाको शव भरतपुर अस्पतालमा राखिएको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *