प्रधानमन्त्रीको सचिवालयद्वारा सरकारका कामको फेहरिस्त सार्वजनिक

डिसी नेपाल
२ असोज २०७८ ११:४०
140
Shares

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाको सचिवालयले सरकारका कामको फेहरिस्त सार्वजनिक गरेको छ। सरकारले काम गर्न नसकेको भनेर चौतर्फी आलोचना भइरहेका बेला सचिवालयले कामको फेहरिस्त सार्वजनिक गरेको हो।

सरकारको नेतृत्व गरेको दुई महिना पुग्दासम्म मन्त्रिपरिषद् विस्तार गर्न नसकेपछि प्रधानमन्त्री देउवाको चौतर्फी आलोचना भएको हो। प्रधानमन्त्रीको सचिवालयले भने कोरोना महामारी नियन्त्रणलाई उच्च प्राथमिकता, योग्य र अनुभवी व्यक्तिलाई उपयुक्त निकायमा जिम्मेवारी दिने नीतिअनुसार विद्युत् प्राधिकरणमा कुलमान घिसिङ र योजना आयोगमा विश्व पौडेलको नियुक्ति, एकैदिन ३ लाख मात्रासम्म कोरोना विरुद्धको खोप दिइएको, १८ वर्षमुनिका बालबालिकालाई ४० लाख मात्रा मोर्डनाको खोप ल्याउने विषय टुङ्ग्याएको, बाढी र पहिरो पीडितको उद्धार, राहत र पुनःस्थापनालाई तीव्रता दिइएको सरकारको दाबी गरेको छ।

यस्तै सरकारी कर्मचारीको तलब बढाएको, कोरोना प्रभावित अर्थतन्त्र पुनरुत्थानको लागि विशेष प्याकेज ल्याएको, क्यान्सर, मिर्गौला र स्पाइनल इञ्जुरीका बिरामीलाई मासिक पाँच हजार रुपैयाँ दिने निर्णय भएको, पाँच लाख गरिब परिवारलाई मासिक १० हजार रुपैयाँ दिने निर्णय भएको, काठमाण्डौका १० ठाउँमा सस्तोमा भोजनको व्यवस्था गरिएको, विद्यार्थी लक्षित पढ्दै कमाउँदै कार्यक्रम सञ्चालन हुने विषय पनि १५ वटा कामको सूचीमा समावेश छ।

यसैगरी सचिवालयद्वारा सार्वजनिक गरिएको फेहरिस्तमा भूमि आयोगको गठन, एमसीसीका राष्ट्रिय सहमतिमा पहल लगायतका विषयमा पनि छुटाएको छैन।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.