‘एनआरएन द सिङ्गर’ नोभेम्बरदेखि प्रसारण हुने

डिसी नेपाल
२ असोज २०७८ १२:२८

काठमाडौं । गैरआवासीय नेपाली संघ(एनआरएनए)ले उत्पादन गर्न लागेको साङ्गीतिक कार्यक्रम ‘एनआरएन द सिङ्गर’ कान्तिपुर टेलिभिजनमा प्रसारण हुने भएको छ । कार्यक्रम आगामी नोभेम्बरदेखि हरेक शुक्रबार राति ९ देखि १० बजेसम्म प्रसारण हुने भएको हो ।

प्रतियोगिताको फाइनल कार्यक्रम काठमाडौँमै हुनेछ, जसको प्रत्यक्ष प्रसारण गरिने छ । एनआरएनए आइसीसीअन्तर्गत संस्कृति तथा सम्पदा उपसमितिले डायस्पोराका नेपालीभाषी अग्रज र अनुजका स्वर प्रतिभाको पहिचान गर्ने उद्देश्यले टेलिभिजन रियालिटी शो ‘एनआरएन द सिङ्गर’ सुरू गरेको हो ।

संस्कृति तथा सम्पदा उपसमितिका संयोजक गोविन्दप्रसाद गौतमका अनुसार गत जुन २१ देखि खुला गरिएको ‘प्रि अडिसन’को तयारी लगभग सकिएको छ ।

कोरोना महामारीका कारण ‘भर्चुअल अडिसन’ पठाउन आग्रह गरिएको एनआरएनए आइसीसीको भाषा, साहित्य, संस्कृति तथा सम्पदा समितिका संयोजक हिक्मत थापाले बताए । दक्षिण एशियाबाहेक विश्वभर छरिएर रहेका सबै नेपाली भाषीले यो प्रतियोगितामा भाग लिन पाउनेछन् ।

‘खोजीः एउटा उत्कृष्ट प्रवासी नेपाली आवाजको’ नारा दिइएको यो प्रतियोगिताको निर्णायक मण्डलमा वरिष्ठ सङ्गीतकार शम्भुजित बाँस्कोटा, गायक शम्भु राई, गायिका शर्मिला बर्देवा तथा एनआरएनएका पूर्वअध्यक्ष जीवा लामिछाने छन् ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *