अनेरास्ववियुको अध्यक्षमा बराल र महासचिवमा बडाल

डिसी नेपाल
२ असोज २०७८ १७:४३
2.1k
Shares

काठमाडौं । नेकपा (एमाले)को विद्यार्थी संगठन अनेरास्ववियुमा नयाँ नेतृत्व चयन गरिएको छ। शनिबार काठमाडौंमा भएको अनेरास्ववियुको केन्द्रीय सचिवालयको पूर्ण बैठकले संगठनको अध्यक्षमा सुनिता बराललाई चयन गरेको हो।

अनेरास्ववियुका अध्यक्ष ऐन महर लगायतका पदाधिकारीले विद्यार्थी संगठनबाट बिदा लिएपछि बराललाई अध्यक्ष बनाइएको हो । संगठनको उपाध्यक्षमा कल्पना वाइवा र महासचिवमा समिक बडाल चयन भएका छन ।

अनेरास्ववियुले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको प्रमुख आतिथ्यतामा सचिवालयको पूर्ण बैठक आयोजना गरेको थियो । बैठकलाई सम्बोधन गर्दै ओलीले पदको लडाईंमा नलाग्न विद्यार्थी नेताहरूलाई निर्देशन दिएका थिए ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *