सविधान दिवसः सरसफाइ कार्यक्रम गरी मनाइने

डिसी नेपाल
२ असोज २०७८ १८:२३

काठमाडौं । सविधान दिवस अवसरमा बूढानीलकण्ठ नगरपालिकाले सरसफाइ कार्यक्रम गर्ने भएको छ ।

बिहान ७ देखि ९ बजेसम्म कम्तीमा दुई घण्टा भौतिक दूरी कायम गरी सरसफाइ कार्यक्रम सञ्चालन गर्ने निर्णय गरेको छ । नगरपालिकाले प्रत्येक नगरवासीलाई(अशक्त, बालबालिका) र वृद्घबाहेक उक्त समयमा कुनै कार्यक्रम नराखी आ–आफ्नो योजनासहित नगर सरसफाइ अभियानमा सहभागी हुन अनुरोध गरेको छ ।

प्रत्येक नगरवासी आ–आफ्नो घर, पसल, प्रतिष्ठानको कम्तीमा ५० मिटर वरपर व्यक्तिगत/सामूहिक/संस्थागत योजनासहित अनिवार्यरूपमा नगरपालिकाको बृहत सरसफाइ अभियान सञ्चालन गर्ने कार्यक्रम रहेको नगरप्रमुख उद्घवप्रसाद खरेलले बताए।

 




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *