भरतमणी पौडेल बने कमेडी च्याम्पियन सिजन-२ को विजेता

डिसी नेपाल
२ असोज २०७८ २३:११
1.2k
Shares

काठमाडौं । लोकप्रिय कमेडी रियालिटी सो कमेडी च्याम्पियन सिजन २ को उपाधि ताप्लेजुङका भरतमणी पौडेलले हात पारेका छन् । आज भएको ग्राण्ड फिनालीमा पौडेलले उपाधि जितेका हुन् ।

फिनालेमा सबैभन्दा बढी भोट पाएको आधारमा उनलाई विजेता घोषित गरिएको हो । सिक्किमका विक्की अग्रवाल फस्ट रनरअप र गोरखाका सन्तोष थापा सेकेन्ड रनरअप घोषित भए ।

जितसँगै भरतमणीले कार र २५ लाख रुपैयाँ प्राप्त गरे । यसैगरी फस्ट रनरअप बिक्की अग्रवालले टीभीएस अपाचेको मोटरसाइकल प्राप्त गरे । सेकेन्ड रनरअप सन्तोष थापाले स्कुटर प्राप्त गरे ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.