‘नेपालको ईतिहासमा यो भन्दा असफल सरकार मैले देखेको छैन्’: पोखरेल

डिसी नेपाल
२ असोज २०७८ २३:३१

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) का सांसद कृष्णभक्त पोखरेलले नेपालको संविधान विश्वमै राम्रो संविधान भएको दाबी गरे ।

उनले भने,‘नेपालको संविधान २०७२, देशको ७ औं संविधान हो । ६ वटा संविधान जनताले लेखेको होईन । २०७२ को संविधानमा जनताको चाहना प्रतिनिधित्व भएको छ। दुनियाँमा यस्तो तहको सहमति भएको छैन् । ९० प्रतिशतभन्दा बढिको सहमतिमा यो संविधान आएको हो । प्रयोगको सन्दर्भमा हिजो अस्विकार गर्नेहरु पनि आज कार्यान्वयनको चरणमा सँगै आउनुभएको छ । संविधानमा सबै अधिकार सुनिश्चितता गरेको छ । कार्यान्वयनको चरणमा जाँदा अब राजनीतकि मुद्दा सबै सकियो भन्ने लाग्दथ्यो । मैले यो चार वर्षमा एक पटक पनि कुनै पनि पार्टीको विरुद्धमा बोेलेको छैन् ।’

उनले दलहरुको बीचमा राष्ट्रियताको सवालमा एकमत कायम हुनुपर्नेमा जोड दिए । उनले भने,‘राष्ट्रियताको मुद्दामा दलहरुबीच साझा दृष्टिकोण बनाउन सकिएन, यो दुःखको कुरा हो । आज बजेट होलिडे मनाउनुपर्ने अवस्था सिर्जना भयो । सरकार गठन भएको दुई महिना बितिसक्दापनि यसलाई पूर्णता दिन सकेको छैन् । बजेट समयमा पास भएन ।’
सरकारले नेकपा एमालेलाई टुक्राउनको लागि समय बढि खर्चिदा मुलुक आज समस्यामा परेको उनको टिप्पणी छ । उनले भने,‘माधव नेपाललाई पार्टी फुटाउनको लागि पर्याप्त समय दिएरमात्रै सरकारले हाउस बोलायो, उसले महत्वपूर्ण समय खेर फाल्यो ।’

उनले संविधान परिवर्तनशील दस्तावेज भएकोले आवश्यकत्ता र औचित्यको आधारमा संशोधन हुने सुनाए । उनले भने,‘महिलाहरुमाथि आज पनि विभेद छ । नेपालको संविधान गर्वका साथ भन्छु लोकतान्त्रिक संविधान, विश्वको राम्रो हो । यसमा धेरै राम्रा चिज छन् । संघीयताको सवालमा रिभ्यु गर्नुपर्छजस्तो मलाई लागिरहेको छ । खर्च जुन भैरहेको छ, त्यो परीणाममुखी देखिएको छैन । संविधान कार्यान्वयनको क्रममा रहेकाले दलहरुबीच १५–२० वर्षसम्म सहकार्य गर्नुपर्छ ।’उनले शेरबहादुर देउवा नेतृत्वको वर्तमान सरकारको दुई महिना कार्यकाल पूर्ण रुपमा असफल भएको दाबी गरे । उनले भने,‘नेपालको ईतिहासमा यो भन्दा असफल सरकार मैले देखेको छैन् ।’




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *