प्रधानमन्त्री देउवाद्वारा इन्द्रजात्राको अवसरमा शुुभकामना

डिसी नेपाल
३ असोज २०७८ ७:११
48
Shares

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले वर्षा र सहकालका देवता इन्द्रको पूजाआराधना गरी मनाइने इन्द्रजात्रा पर्वको अवसरमा नेवार समुदायलगायत सम्पूर्ण नेपालीमा सुख, शान्ति, समद्धि र सुस्वास्थ्यको शुभकामना व्यक्त गरेका छन्।

उनले इन्द्रजात्राका अवसरमा शुभकामना व्यक्त गर्दै कोभिड–१९ महामारीका कारण यस्ता सामाजिक र सांस्कृतिक परम्परालाई पराम्परागत रुपमा आपसी भेटघाट, उपस्थिति र समारोहका साथ मनाउन कठिनाइ भएता पनि आफ्नो मौलिक संस्कृतिको जर्गेना गर्न स्वाास्थ्यका मापदण्ड पालना गरेर हर्षोल्लासपूर्वक मनाउन आग्रह गरेका छन्।

देवराज इन्द्रको पूजाअर्चना, जीवित देवी कुमारी, गणेश र भैरवको रथयात्रा एवं विभिन्न देवीदेवताको पूजा अराधना गर्दै हर्षाेल्लासपूर्वक विशेषतः नेवार समुदायमा मनाउने परम्परा रहेको यस पर्वको आफ्नै मौलिक कला, परम्परा र संस्कृति रहेको छ।

प्रधानमन्त्री देउवाले यस पर्वले विविध जातजाति, भाषाभाषी, संस्कृति र भौगोलिक क्षेत्रका नेपालीबीचको आपसी सम्बन्धमा विश्वास, सद्भाव, सहिष्णुता, सहयोग र भाइचाराको भावनालाई सबल बनाउँदै राष्ट्रिय एकता र सामाजिक सद्भावलाई थप सुदृढ बनाउन मद्दत पु¥याउने विश्वास लिएका छन्। उनले प्राचिन सभ्यता र संस्कारको अद्भूत संगमको इतिहास बोक्दै पुस्तौदेखि चलिआएको यस पर्वले मौलिक संस्कृति र परम्परालाई संरक्षण तथा प्रवद्र्धन गर्न सबैमा शक्ति तथा प्रेरणा प्रदान गरोस् भन्ने शुभकामना व्यक्त गरेका छन्।रासस




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.