स्पेनका ८२ वर्षीय वृद्ध धौलागिरी हिमाल आरोहण गर्दै

फुर्पा शेर्पा
३ असोज २०७८ १३:३४

काठमाडौं । स्पेनस्थित म्याड्रिमा बस्दै आएका ८२ वर्षीय स्पेनिस पर्वतारोही कार्लोस सोरिया फन्टन पछिल्लो समय धौलागिरी हिमाल आरोहणका लागि धौलागिरी बेसक्याम पुगेका छन् । उनी विश्वका सर्वोच्च शिखरहरु चढ्दै आएका व्यक्ति हुन् ।

पछिल्लो सयम नेपालको धौलागिरी हिमाल आरोहण गर्ने योजनामा रहेका कार्लोस हाल धौलागिरी बेसक्यामा पुगेका छन् । सेभेन समिट ट्रेकका प्रबन्धक थानेश्वर गुरागाईका अनुसार कार्लोस सोरियाले आगामी अक्टोबरको पहिलो हप्ता तिर धौलागिरीको आरोहण गर्ने छन् ।

सोरिया भोलि (सोमबार) क्याम्प वान चढ्ने गुरागाईले बताए । विश्वका १४ सर्वोच्च शिखरहरू चढ्ने अभियानमा रहेका सोरिया फन्टन पछिल्लो समय नेपाल आएका हुन् । उनले अहिलेसम्म विश्वका १२ वटा सर्वोच्च शिखरहरू चढिसकेका छन् ।

धौलागिरी हिमाल आरोहणपछि सोरिया तिब्बतको शिशापआङमाको उच्च शिखर आरोहण गर्ने छन् । विश्वको १४ सर्वोच्च शिखरहरू चढ्ने लक्ष्य लिएका कार्लोसले विश्वका १२ ओटा सर्वोच्च शिखरहरू आरोहण गरिसकेका छन् ।

उनले ५१ वर्षको उमेरदेखि नाङ्गा पर्वत हिमाल, माउन्ट ग्यासब्रम–१, माउन्ट ग्यासब्रम–२, माउन्ट चो ओयू, माउन्ट एभरेस्ट, माउन्ट केटु, व्रोड पिक, माउन्ट मकालु, मनासलु, लोटसे, कंचनजंगा हिमालहरुको आरोहण गरेका हुन् ।

सन् २०१३ मा मीनबहादुर शेरचनले सबैभन्दा वृद्ध पर्वतारोहीको कीर्तिमान तोडेका थिए भने जापानका अर्का आरोही यूछिरो मिरुवाले सन् २०१३ मा ८० वर्षको उमेरमा सगरमाथामा पाईला टेकेर मीनबहादुरको ७६ वर्षको कीर्तिमान तोडेका थिए । पछि सगरमाथा आरोहणको तयारीको क्रममा सन् २०१७ मा मीन बहादुर शेरचनको आधार शिविरमा मृत्यु भएको थियो ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *