प्रदेश नं १ का नौ जिल्लामा कोरोना सङ्क्रमण शून्य

डिसी नेपाल
४ असोज २०७८ २२:२०

विराटनगर । पछिल्लो २४ घण्टाको अवधिमा प्रदेश नं १ का नौ जिल्लामा कोरोना सङ्क्रमण शून्य रहेको छ । यसरी शून्य रहने जिल्लामा उदयपुर, भोजपुर, तेह्रथुम, सङ्खुवासभा, ओखलढुङ्गा, खोटाङ, सोलुखुम्बु, ताप्लेजुङ र पाँचथर रहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

प्रदेशमा सोही अवधिमा २१५ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । सो अवधिमा ६९१ जनाको पीसीआर परीक्षण गर्दा १७१ र २०० जनाको एन्टीजेन परीक्षण गर्दा ४४ जनामा सङ्क्रमण देखिएको मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार पीसीआर परीक्षणका आधारमा झापामा ९४, सुनसरीमा ३८, मोरङमा ३३ मध्ये विराटनगरमा १७, इलाममा दुई, धनकुटामा एक र प्रदेश बाहिरका तीन जनामा सङ्क्रमण देखिएको हो ।

प्रदेश १ मा आज २७८ जना कोरोना सङ्क्रमणमुक्त भएका छन् । सङ्क्रमणमुक्त हुनेमा १३६ महिला र १४२ पुरुष रहेका छन् । पछिल्लो २४ घण्टामा कोरोना सङ्क्रमणबाट एक महिलासहित तीनको मृत्यु भएको छ । रासस




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *