कांग्रेसका तीन गुटमा सीमित नौ सभापतिका उम्मेदवार : को कता मिसिँदै?

विजयप्रसाद मिश्र
५ असोज २०७८ १०:०४

काठमाडाैं।  नेपाली कांग्रेसको १४ औं महाधिवेशनका लागि सभापतिका दावेदारहरुमा शेरबहादुर देउवा, रामचन्द्र पौडेल, कृष्ण सिटौला, गोपालमान श्रेष्ठ, प्रकाशमान सिंह, बिलेन्द्र निधि, डा. शशांक कोइराला, डा. शेखर कोइराला र सुजाता कोइरालाको नाम चर्चामा छ । देउवा, श्रेष्ठ र निधीलाई संस्थापन गुट भनेर चिनिन्छ भने पौडेल, सिंह र तीन कोइरालालाई रामचन्द्र गुट भनेर चिनिन्छ। सिटौलाले छुट्टै गुट बनाएका छन्।

प्रकाशमान सिंह शुरुमा देउवा गुटमा थिए तर पछि कोइराला सुशील कोइराला छँदै कोइराला गुटमा आएका थिए। उनी अहिले आफूलाई रामचन्द्र गुटको मान्न त तयार छन् तर कोइराला गुटमा बस्न तयार छैनन्। कोइराला परिवारले रामचन्द्रलाई सेरेमोनियल रुपमा मात्र गुटको नेता मान्दै आएका छन्। उनीहरुले कोइराला गुट नै चलाउन खोजिरहेका छन्।

कोइराला परिवार पाँच गुटमा विभाजित छ। एउटा डा. शेखर कोइराला, अर्को सुजाता कोइराला, अर्को शशांक कोइराला र अर्को विराटनगरमा देउवा गुटबाट राजनीति गरिरहेका स्वर्गिए नारायण कोइराला परिवारका नागेश कोइराला।

त्यसपछि, कांग्रेसमा नअटाएका तर बीपी पुत्र प्रकाश कोइराला र नातिनी मनिषा कोइरालाको गुट जसले राजसंस्थाको पक्षमा वकालत गरेर आफ्नो गुट बनाइरहेका छन्। हुन त कोइरालाहरु मध्ये कोही एमाले, कोही माओवादीमा पनि छन्। नेपालका सबै कोइराला डेमोक्र्याट छन् भन्न मिल्दैन। सिद्धान्त मान्नु व्यक्तिगत स्वतन्त्रता हो। र, नेपाली कांग्रेस भित्र विभिन्न गुट बनाउनु उनीहरुको स्वार्थ हो।

शशांकलाई पश्चिममा आयौ भने सहयोग गर्दछु भनेर शेरबहादुर देउवाले बचन दिए। शेरबहादुरको आड भरोस पाएर शशांक पश्चिम गए । शशांक मोरङ्बाट बाहिरिएपछि अब कोइराला निवासमा दुई गुट सशक्त रुपमा देखा पर्‍यो । पहिलो गुट बुबा गिरिजाप्रसाद कोइरालाको आशिर्वाद पाएर सुजाताले चलाइन भने दोस्रो गुट नोना कोइरालाले चलाइन।

गिरिजाप्रसाद कोइरालाले कांग्रेसको नेतृत्व गर्दा प्रकाश कोइराला विराटनगरको शहीद रंगशालामा रहेको कांग्रेसको एक कार्यक्रमबाट लखेटिनु परेको थियो। प्रकाशलाई राजनीतिमा अगाडी बढ्न नदिन विपी निवास भित्रकै एउटा गुट सक्रिय थियो ।

ऊ सफल भयो । प्रकाशलाई पाखा लगाइसकेपछि शशांक कोइरालालाई राजनीतिमा आउन नदिन अनेक षडयन्त्र भयो । त्यसमा गिरिजाप्रसाद कोइरालाले फरक मत राखे।

प्रकाशलाई पाखा लगाउन सहमत रहेका गिरिजाप्रसादले शशांकलाई संरक्षण गर्न खोजे। मोरङ्मा कोइराला परिवार भित्रको षडयन्त्र र छोरी सुजाताको बलमिच्याईँलाई गिरिजाप्रसादले पनि थेग्न सक्ने स्थिति थिएन।

उता नोना भाउजुको पनि केही मूल्यमान्यताहरु थिए। यी सबैलाई नजिकबाट देखेका गिरिजाप्रसादले शशांक कोइरालालाई सुरक्षित राजनीति गर्नु छ भने पश्चिम जाऊ भनेर सुटुक्क सल्लाह दिए।

शशांकलाई पश्चिममा आयौ भने सहयोग गर्दछु भनेर शेरबहादुर देउवाले बचन दिए। शेरबहादुरको आड भरोस पाएर सशांक पश्चिम गए। शशांक मोरङ्बाट बाहिरिएपछि अब कोइराला निवासमा दुई गुट सशक्त रुपमा देखा पर्‍यो। पहिलो गुट बुबा गिरिजाप्रसाद कोइरालाको आशिर्वाद पाएर सुजाताले चलाइन भने दोस्रो गुट नोना कोइरालाले चलाइन।

नोना कोइराला जसरी पनि शेखर कोइरालालाई राजनीतिमा स्थापित गर्न चाहन्थिन भने सुजाताले शेखरले मेरो भाग खोस्ने भयो भन्ने पीर गर्न थालिन। दुबै गुटलाई मिलाएर राख्ने हरसम्भव प्रयास गिरिजाप्रसादले गरे।

तर, छोरीको जिद्दीले उनलाई सफल हुन दिन सकेन। गिरिजाप्रसाद कोइराला सार्वजनिक कार्यक्रमहरु मै नेपालमा छिट्टै महिला प्रधानमन्त्री भएको देख्नु हुन्छ भनेर भाषण गर्न थाले । छोरी सुजातालाई लाग्यो त्यो महिला म नै हो। उनमा झन स्वार्थको डिग्री बढेर गयो।

सुजातालाई नेतृत्वमा ल्याउन गरिएको प्रयास भारतले पुरा हुन दिएन। गिरिजाप्रसाद कोइराला पछिल्लो समय भारतसँग रिसाउनु, उनलाई राष्ट्रपति हुन नदिनु पछाडीको भित्री रहस्य सुजाताका लागि जेपनि गर्न तयार भएका गिरिजाप्रसादको रवैयाबाट भारत दिक्क भएको थियो। पटक पटकको प्रयास पछि पनि सुजातालाई भारतले स्वीकार गरेन। सायद अहिले पनि गरेको छैन होला ?

सुजाता जोष्ट फेरी सुजाता कोइरालाको रुपमा नेपालमा इन्ट्री भएपछि नेपाली कांग्रेसको दोस्रो पुस्ताका धेरै नेताहरु क्रमशः पाखा लाग्न थाले वा पाखा लगाइयो। यसका लागि गिरिजाप्रसादले छोरीको हीतका लागि साम, दाम, दण्ड र भेद सबै नीति अनुशरण गरे। गिरिजाप्रसादको त्यो साम, दाम, दण्ड, भेदको विस्तृत विश्लेषण अर्को पटक गरौंला । अहिलेलाई यत्ति भनौ सुजातालाई शक्तिशाली बनाउने योजनाको पहिलो शिकार शैलजा आचार्य भइन्।

रामचन्द्र पौडेलले न्याय पाउनु पर्दछ। अर्थात सभापतिमा कम्तिमा एकपटक जित्नु पर्दछ भन्ने आम धारणा छ। तर निर्वाचनमा अरुले उठाएर हुन्न। आफै संगठनमा अघि बढ्नु पर्दछ। नेपाली कांग्रेस दुई फ्याक हुने बेलामा शेरबहादुर देउवा लगायतका नेताले रामचन्द्र पौडेललाई पार्टी सभापति बनाउने रणनीति बनाएका थिए।

दोस्रो शिकार नोना कोइराला र शेखर कोइराला एउटै घटनाबाट भए। तेस्रो शिकार चक्र बास्तोला, चिरिन्जीवि वाग्ले, खुमबहादुर खड्का, बिजयकुमार गच्छदार जस्ता व्यक्तिहरु भए। एकपछि अर्कोलाई पाखा लगाउने थालेका गिरिजाप्रसादलाई नै पाखा नलगाइ भएन भनेर एउटा शक्ति लाग्यो । जसले सुजातालाई प्रधानमन्त्री हुनवाट रोक्यो।

सुजाताको उल्टा गन्ती शुरु भएपछि बल्ल शशांक कोइराला र शेखर कोइरालाको राजनीतिक भविष्य बामे सरेको छ। यी दुबैमध्ये गिरिजाप्रसादको प्रियपात्र शशांक भएकाले सुसिल कोइरालालाई गिरिजाबाबुले आफ्नो अन्तिम इच्छा बताउँदा सशांक कोइरालालाई राजनीतिमा अगाडि बढाउनु भनेका थिए। अहिलेसम्म त्यही भइरहेको छ। सुजाता, सुशिल दुबै विपक्षमा हुँदा हुँदै पनि शेखर कोइरालाले बीपी निवासको बीडो थामेर बसेका छन्।

उता शशांक कोइरालालाई पश्चिमा राजनीति गर्नका लागि शेरबहादुर देउवासँग प्रत्यक्ष वा गोप्य सम्झौताहरु पटक पटक गर्नु पर्ने बाध्यता छ। १३ औं महाधिवेशनमासमेत शशांक कोइरालालाई महामन्त्री बनाउन भारतले नै ज्वाई ससुरा अर्थात गगन थापा र अर्जुन नरसिंह केसीलाई एउटै पदमा उठ्न लगाएर शशांकको विजय सुनिश्चित गरेको थियो। यसका लागि भित्र भित्रै शेरबहादुर देउवा पनि सहमत थिए। यो कुरा बुझेरै अर्जुन नरसिंह केसी पछिल्लो समयमा देउवा खेमा छोडेर पौडेल खेमामा आएका छन्।

महामन्त्रीमा शशांकलाई जिताउन भित्रभित्रै रणनीति गरेका शेरबहादुर देउवा अहिले पनि पार्टी सभापति रहेका र उनले यस अघि १३ औ महाधिवेशनमा रामचन्द्र पौडेललाई हराएका थिए। कोइराला परिवारले पार्टीको नेतृत्वलागि जसरी रामचन्द्र पौडेललाई यस अघि स्वीकार गरेका थिए त्यस अनुसारको यसपटक स्वीकार नगर्ने देखिएको छ।

कोइराला परिवारले रामचन्द्र पौडेललाई सभापतिमा स्वीकार नगरेपछि सभापतिका दावेदार नौ मध्ये तीन गुटमात्र अस्तित्वमा देखिएको छ। जसलाई वडा तहमा भएका निर्वाचनहरुले प्रमाणित गरिदिएको छ। भदौ १८ गतेबाट शुरु भएको वडातहको निर्वाचनमा बढीमा तीन गुटमात्र प्रतिस्पर्धामा रहेको पाइएको छ।

रामचन्द्र पौडेलले न्याय पाउनु पर्दछ। अर्थात, सभापतिमा कम्तिमा एकपटक जित्नु पर्दछ भन्ने आम धारणा छ। तर निर्वाचनमा अरुले उठाएर हुन्न। आफै संगठनमा अघि बढ्नु पर्दछ। नेपाली कांग्रेस दुई फ्याक हुने बेलामा शेरबहादुर देउवा लगायतका नेताले रामचन्द्र पौडेललाई पार्टी सभापति बनाउने रणनीति बनाएका थिए।

तर अन्तिम समयमा आएर रामचन्द्र पौडेलले त्यसवेला शेरबहादुर देउवा लगायतका टीमलाई धोका दिएर गिरिजाप्रसाद कोइरालासँगै रहे र कार्यक्रममा आएनन्। पौडेल नआएपछि शेरबहादुर देउवालाई अध्यक्ष बनाइयो। त्यही शेरवहादुर देउवाले फेरी जोडिएको कांग्रेसको नेतृत्व गरिरहेका छन्।

१३ औ महाधिवेशन पछि कोइराला परिवारले रामचन्द्र पौडेललाई केन्द्रविन्दुमा राखेर राजनीति गर्न छोडेको छ। तर आफ्नै तीनमध्ये को भन्ने पनि तय गर्न सकेको छैन। यस्तो अवस्थामा डा. शेखर कोइरालाले पहिलो चरणमा सभापतिका आकांक्षीहरु सबैजनालाई उम्मेदवारी दिन छुट दिनु पर्ने र सबैभन्दा बढी ल्याउने कोइराला खेमाका सबैले समर्थन गरेर अघि बढ्नु पर्ने विकल्प दिएका छन्। यो विकल्पले उनीहरुको गुटमा नेतृत्वको अभाव भएको हो कि वा कसैलाई नेतृत्वकर्ताको रुपमा स्वीकार नगरिएको हो कि भन्ने देखिएको छ।

यो बेला अब पार्टीमा पूर्व मेचीदेखि पश्चिम महाकालीसम्म नेपाली वडा तहदेखिको निर्वाचन शुरु भइसकेको छ। विभिन्न पदमा आआफ्नो उम्मेदवारी दावी गर्नेहरुको प्रचारवाजीले सोसल मिडिया भरिएको छ।

आ-आफ्नो प्यानलको प्रतिनिधिलाई जिताउने रणनीतिमा रहेका सभापतिका उम्मेदवारहरुले वडा तहमा बढीमा तीन पक्षमात्र उम्मेदार हुनुले सभापतिका दावेदारहरुमध्ये तीनवटा उम्मेदवारहरु मात्र दरिलो रहेको संदेश स्थानीय तहको निर्वाचनले दिइसकेको छ।

तराईमा देउवा गुट भनिएपनि केही वडाहरुमा भित्र भित्रै बिमलेन्द्र नीधिका मानिसहरु सल्वलाएका देखिन्छन । तर उनीहरुले वडा तहमा शेरबहादुर देउवा गुटकै रुपमा उम्मेदवारी दिएका छन्।

ती तीनमा शेरबहादुर देउवा, रामचन्द्र पौडेल र कृष्ण सिटौलाको गुट देखिएको छ। बाहिर बाहिर रामचन्द्र पौडेल समुह भनिएपनि त्यो समुह कुनै जिल्लामा शेखर कोइराला गुटको रुपमा, केही जिल्लामा रामचन्द्र पौडेलकै गुटको रुपमा भने केही जिल्लामा शशांक कोइरालाको गुटको रुपमा, केही जिल्लामा प्रकाशमान सिंहको गुटको रुपमा र केही स्थानहरुमा रामशरण महत, अर्जुन नरसिंह केसी र मिनेन्द्र रिजाल ग्रुप देखिएका छन्।

तराईमा देउवा गुट भनिएपनि केही वडाहरुमा भित्र भित्रै बिमलेन्द्र नीधिका मानिसहरु सल्वलाएका देखिन्छन । तर उनीहरुले वडा तहमा शेरबहादुर देउवा गुटकै रुपमा उम्मेदवारी दिएका छन्।

यो सबै वडा तहको गतिविधिलाई हेर्दा डा. शशांक कोइरालाको गुट पश्चिम तर्फ देखिएको छ। पूर्वमा शशांक कोइराला गुट नदेखिनुलाई अर्थपूर्ण रुपमा हेरिएको छ । कतै डा. शशांक कोइराला १४ औं महाधिवेशनमा देउवा गुटबाट उपसभापतिको उम्मेदवार हुने सम्भावना बढेर गएको छ। कोइराला परिवारको अन्तिम उम्मेदवार डा. शेखर कोइरालामात्र हुन । सुजाता कोइरालालाई उपप्रधानमन्त्री बनाएर उनको लाइन क्लियर बनाउने।

शशांकलाई घरी बिमलेन्द्र तर्फ र घरीघरी शेरबहादुर देउवा तर्फ लगाएर अन्तिममा उपसभापतिमा लड्ने रणनीतिमा छन्। शेरबहादुर देउवाले आफूले छोड्नु पर्दा शशांक कोइरालालाई सभापति बनाउने प्रतिवद्धता व्यक्त गरेको र १५ औं महाधिवेशनमा शेरबहादुर देउवाको गुटबाट सभापति बनाउने रणनीतिमा देउवा लागेको देखिन्छ।

डा. शशांक कोइरालालाई भारतको संस्थापन पक्षले काखी च्यापेकोले अर्कोपटकको सभापतिका रुपमा डा. शशांक कोइराला शसक्त उम्मेदार हुने गरी अघि बढ्ने देखिएकोले पछिल्लो पटक डडेल्धुरा जिल्लाको अधिवेशनमा भएको विवादमा शशांक कोइराला शेरबहादुर देउवाको पक्षमा लागेको देखिए। सभापतिमा हार्नु भन्दा उपसभापतिमा सुरक्षित हुने रणनीतिमा सशांक कोइराला गएका हुन की भन्ने देखिन्छ।

उता सूर्यबहादुर थापाका छोरा सुनिल थापा र विजयकुमार गच्छदारले कांग्रेसमा पसाएका मानिसहरुले यस पटक शेरबहादुर देउवालाई समर्थन गर्ने देखिएकोले १३ औं अधिवेशन भन्दा १४ औं अधिवेशनमा शेरबहादुर देउवा झन् सशक्त भएका हुन कि भन्ने चर्चा गर्न थालिएको छ।

बिमलेन्द्र निधिले सभापतिको दावेदार गरेकोले तराईमा केही स्थानमा उनले प्रभाव पार्ने भएपनि जीत्नेको पक्षमा जाने वा पहिलो चरणमा बिमलेन्द्र नीधि हारे पछि दोस्रो चरणमा उनका मतहरु शेरबहादुर देउवाको पक्षमा जाने पक्का पक्कि छ।

नेपाली कांग्रेसका सभापतिका आकांक्षी सबै पहिलो चरणमा निर्वाचनमा उठेपनि कोइराला परिवार भित्रको खुट्टा तानातानीले अन्तिममा शेरबहादुर देउवा, रामचन्द्र पौडेल र शेखर कोइराला मध्ये कुनै दुई प्रतिस्पर्धामा आउने छन्। बिमलेन्द्र निधीले कुनै बम्पर उपहार पाउने स्थिति भएर सभापतिको दावेदारबाट पछि हटेमा शेरबहादुर देउवालाई पहिलो चरण मै चिठ्ठा पर्न सक्दछ।

तर, शेरबहादुर देउवालाई अमेरिकी डिजाइनमा बढी हिड्ने गरेको भनेर सभापतिमा उनलाई हराउनका लागि पनि बिमलेन्द्र नीति, गोपालमान श्रेष्ठहरुलाई सभापतिमा उठन लगाएर देउवाको स्थिति कमजोर बनाएर जसरी भएपनि रामचन्द्र पौडेल, शेखर कोइराला र शशांक कोइराला मध्ये एकलाई नेपाली कांग्रेसको सभापति देख्न चाहने भारत र चीनले अन्तिममा एमसीसीमा प्रहार गरेजस्तै शेरबहादुर देउवा माथी ब्रम्हास्त्र प्रयोग गर्ने देखिएको छ।

यो ब्रम्हास्त्रलाई रोक्न शेरबहादुर देउवाले आफ्नै बलबुताबाट त सक्दैनन्। तर उनलाई पनि अमेरिकी पक्षधरले कुनै नयाँ कथा बुनेर भएपनि स्थापित गराउन सक्दछ। यसका लागि मास्टर माइण्डको डिजाइन शुरु भइसकेको छ। जसको शुरुवातमा शशांक कोइरालालाई लोभ्याइदैछ। मिनेन्द्र रिजालले पनि मोरङ्मा स्थापित हुनका लागि कोइराला खेमामा धेरै दिन खुट्टा टिकाइराख्न सक्दैनन् भन्ने देखिन्छ।

नेपाली कांग्रेस भित्र विभिन्न सम्भाव्यता हरु छन्। रामचन्द्रलाई सर्वसम्मतिले सभापति बनाउनु पर्दछ भन्ने पनि छन्। तर रामचन्द्रलाई आगामी राष्ट्रपति भनेर लोभ देखाउनेहरु दुबै खेमामा छन्। नेपाली कांग्रेसको कोइराला गुटका लागि रामचन्द्र नगद(क्यास) जस्तै हुन्।

जुनबेला पनि काम लाग्न सक्दछन्। तर नगद रुपी रामचन्द्रलाई नेतृत्व गर्न नदिने ग्राइनडिजाइन गिरिजाप्रसाद कोइरालाको पालादेखि बनेको हो जसको बट्मलाइनमा कोइराला परिवार अहिले पनि कायम छ।

यस्ता कुरा रामचन्द्र बुझेको हुनुपर्दछ। त्यसैले कि त मलाई सर्वसम्मतिबाट देऊ हैन भने राष्ट्रपतिमा जान्छु भनेर दुबैपक्षमा कतै नलागी सर्वमान्य नेता हुने अवसर पौडेललाई छ । गोपालमान श्रेष्ठको गुट नदेखिएकोले उनी शेरबहादुर देउवा तिर नै लाग्नुपर्ने बाध्यता छ।

श्रेष्ठ सभ्य राजनीति गर्ने व्यक्तिका रुपमा चिनिएका छन्। त्यही चरित्र नै ठीक छ। प्रकाशमान सिंह उपत्यका बाहिर फितलो छन्। एक्लै देशभरको संगठनमा जाने स्थिति छैन्। तनातिना पार्टीको झमेलामा पनि प्रत्यक्ष संलग्न हुने चरित्रले गर्दा उनी घाटामै छन्।

बिमलेन्द्रलाई मधेसको मसिहा बन्नु पर्ने छ । तर मधेसले नै पटक पटक उनलाई पत्याएको छैन। मधेसको मसिहा बन्ने र अर्को धर्म धर्मनिरपेक्षताको वकालत गर्ने ? दुबै एकैव्यक्तिबाट गर्न थालियो भने ‘यता न उता जाइफलको जुत्ता’ नै हुनु पर्ने हुन्छ।

त्यसैले सबैले देखेको सभापतिको मैदानमा आखिर शेरबहादुर देउवा नं. १ र शेखर कोइराला नं. २ मा प्रतिस्पर्धामा छन् । यो नम्बर १४ औंमा मात्र होइन १५ औं महााधिवेशनको अन्तिमसम्म कायम रहन्छ । त्यसपछि देउवाले नै सशांक कोइरालालाई नं. १ को राजनीतिमा पु¥याउने छन्। अरु भनेको गुटका लागि गुटमात्र हुन्।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *