नेकपा (एस)को केन्द्रीय कमिटी बैठकमा अध्यक्ष नेपालद्वारा राजनीतिक प्रतिवेदन पेस (पूर्णपाठ)
काठमाडौं । नेकपा (एकीकृत समाजवादी) को मंगलबारदेखि सुरु भएको केन्द्रीय कमिटीको बैठकले पार्टीको कार्यक्षेत्रको आधारमा ८१ वटा जिल्ला र आठवटा प्रदेश कमिटी सञ्चालन गर्ने जनाएको छ ।
काठमाडौंको बुद्धनगरस्थित क्वालिटी बैक्वेटमा मंगलबारदेखि सुरु भएको बैठकमा देशमा भौगोलिकरुपमा ७७ वटा जिल्ला भएपनि पार्टीको कार्यक्षेत्रको आधारमा चार वटा विशेष जिल्ला कमिटी गठन गरिने र यसैको सहयोगमा देशव्यापीरुपमा संगठन सुदृढीकरण गरिने नेकपा (एस)का प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडाले बताए ।
यसैगरी देशमा भौगोलिकरुपमा सात वटा प्रदेश भएपनि कार्यगत क्षेत्रको आधारमा उपत्यकाका लागि छुट्टै एउटा विशेष कमिटीसहित आठवटा प्रदेशगत कमिटीबाट पार्टी सञ्चालन हुने खतिवडाले बताए ।
नेकपा (एस) को आजको बैकठमा पार्टी अध्यक्ष माधवकुमार नेपालले राजनीतिक एजेण्डा प्रस्तुत गरेका छन्। पार्टीको राजनीतिक एवम् समसामयिक एजेण्डाहरुमा छलफलका लागि पाँच वटा समूह सूची तयार भएको उनले बताए । बैठकमा आवधिक कार्ययोजना बनाएर तीन महिने अभियान सञ्चालन हुने र यसभित्रमा देशव्यापीरुपमा संगठन विस्तार एवम् सुदृढीकरण हुने खतिवडाले बताए ।
नेकपा (एस) ले यिनै विषय समेटेर पार्टीको कार्ययोजनामा भोलि बुधबार पनि छलफल गर्ने र पारित गरिने जनाएको छ । बैठक अझै जारी रहेको खतिवडाले जानकारी दिए ।







डिसी नेपाल








Facebook Comment