समाज रुपान्तरणको कार्यक्रमलाई राष्ट्रिय प्राथमिकता अनुकूल बनाउनु पर्छ : प्रधानमन्त्री देउवा
काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले तीन वटै तहका सरकारसँगको समन्वयमा समाज रुपान्तरणको कार्यक्रमलाई राष्ट्रिय प्राथमिकता अनुकूल बनाउँदै राष्ट्र निर्माणमा सहकार्य गरिनुपर्नेमा जोड दिएका छन्।
सामाजिक सेवा दिवसको अवसरमा एक शुभकामना सन्देश दिदैँ उनले सो आवश्यकता औल्याएका हुन्।
गरिबी निवारण, सामाजिक न्याय, समानता, समता र मानव अधिकार जस्ता अवधारणालाई आत्मसात गर्दै समाज सेवालार्य अनुभूत हुने गरी कार्यान्वयन गर्ने दिशामा अग्रसर हुनुपर्ने आवश्यक्ता औँल्याएका छन्।
प्रधानमन्त्री देउवाल मानवीय सेवाभावले गरिने कार्यका लागि आवश्यक पर्ने सहयोग गर्न सरकार सदैव तत्पर रहने प्रतिबद्धतासमेत जनाएका छन्।
‘सर्वजन हिताय सर्वजन सुखाय’ भन्ने पूर्वीय दर्शनको सार नै सामाजिक सेवाभाव रहेको उनले शुभकामना सन्देशमा उल्लेख गरेका छन्।
दिगो विकासको लक्ष्यमा साझेदारीको विषयलाई प्राथमिकताका साथ अघि सारिएको अवस्थामा यस वर्षको सामाजिक सेवा दिवस राष्ट्र निर्माणमा विकासका लागि साझेदारी गर्न सफल हुने विश्वास प्रधानमन्त्रीले व्यक्त गरेका छन्। असोज ६ गते सामाजिक से वा दिवस मनाउने गरिएको छ।







डिसी नेपाल








Facebook Comment