घट्दो अवस्थामा कोरोना संक्रमण, ९ जिल्लामा मात्र पाँचसय बढी संक्रमित

डिसी नेपाल
६ असोज २०७८ ७:५७
280
Shares

काठमाडौं । पछिल्लो सयम कोरोनाको संक्रमणदर घट्दो क्रममा रहेको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार अहिले पाँचसय बढी संक्रमित रहेका जिल्लाहरु नौं वटामात्र रहेका छन्।

मन्त्रालयका अनुसार प्रदेश १ का झापा, मोरङ र सुनसरी जिल्ला, बागमती प्रदेशका काठमाडौं, भक्तपुर, ललितपुर र मकवानपुर, गण्डकी प्रदेशको कास्की र लुम्बिनी प्रदेशको रुपन्देहीमामात्र ५ सय बढी सक्रिय संक्रमितहरु रहेका छन्।

पाँचसय बढी रहेका जिल्लाहरुमा मध्ये सबै भन्दा बढी काठमाडौंमा तीन हजार २८ जना सक्रिय संक्रमित रहेका छन्। यस्तै भक्तपुरमा नौ सय ४७ र ललितपुरमा एक जार चार सय १८ जना सक्रिय संक्रमित रहेका छन्। बाग्मती प्रदेशकै पाँचसय बढी सक्रिय संक्रमित रहेको मकवानपुर जिल्लामा भने संक्रमितको संख्या पाँच सय ६० जना सक्रिय संक्रमित रहेका छन्।

यस्तै प्रदेश १ का झापामा एक हजार ७६, मोरङमा एक हजार ९४, सुनसरीमा नौ सय ४४, गण्डकीको कास्कीमा दुई हजार दुई सय २८ र लुम्बिनीको रुपन्देहीमा आठ सय ४५ जना सक्रिय संक्रमित रहेको मन्त्रालयले जनाएको छ।

मन्त्रालयका अनुसार २० वटा जिल्लामा दुईसय बढी सक्रिय संक्रमित रहेका छन्। दुई सय बढी सक्रिया संक्रमित रहेका जिल्लाहरुमा प्रदेश २ का धनुषा, बारा, सप्तरी, सिराह बाग्मती प्रदेशका काभ्रे, नुवाकोट, सिन्धुपाल्चोक र सिन्धुली गण्डकीका नवलपरासी (पूर्व), बाग्लुङ, गोरखा, स्याङजा, तनहुँ र पर्वत रहेका छन्। यस्तै लुम्बिनीका दाङ, गुल्मी र बाँके, कर्णालीका सुर्खेत र जुम्ला साथै सुदूपश्चिमको कैलालीमा दुई सय बढी संक्रमित रहेका छन्।

हालसम्म देशभरमा २१ हजार पाँचसय २४ जना सक्रिय संक्रमित रहेका छन्। गत २४ घण्टामा एक हजार ३६ जना संक्रमित थपिएका थिए। यस्तै उक्त २४ घण्टामा देशभरबाट एक हजार आठ सय ३० जना निको भएका थिए भने ५ जनाले ज्यान गुमाएको मन्त्रालयले जनाएको छ।

मन्त्रालयका अनुसार एक सय सात जनाको भेन्टीलेटरमा उपचार भइरहेको छ भने, तीन सय ३५ जनाको आइसीयूमा उपचार भइरहेको छ। यस्तै, २० हजार एक सय ६४ जना होम आइसोलेसनमा छन् भने, एक हजार तीनसय ६० जना संस्थागत आइसोलेसनमा रहेका छन्।

हालसम्म देशभरबाट ५६ लाख २८ हजार ८ सय ९२ जनाले पूर्णमात्राको खोप लगाएका छन्। यस्तै, ६२ लाख ३० हजार आठ सय २३ जनाले पहिलोमात्राको खोप मात्र लगाएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.