एनआरएनए सचिवमा खगेन्द्र न्यौपानेको उम्मेदवारी

डिसी नेपाल
६ असोज २०७८ १४:१८

काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए)को आगामी १०औं महाधिवेशनका लागि एसिया प्यासिफिक क्षेत्रीय सहसंयोजक खगेन्द्र न्यौपाने एनआरएनए आईसिसि सचिव पदमा उम्मेदवारी दिएका छन् । हाल एसिया प्यासिफिक सहसंयोजक भएर सफलताका साथ जिम्मेवारी पूरा गरेका न्यौपानेले आगामी कार्यकाल २०२१–२३ का लागि सचिवमा उम्मेदवारी दिएका हुन् ।

उनी आफ्नो कर्मथलो मलेसियामा जति प्रख्यात छन् त्यति नै प्रख्यात विश्वभरका गैरआवासीय नेपालीमा पनि छन् । उनले संघको अभियानमा आफूले प्राप्त गरेको अनुभव, अग्रजहरुको आग्रह र साथीभाईको अनुरोधपछि सचिव पदमा उम्मेदवारी दिएको बताए ।

एनआरएनए मलेसियाको उपाध्यक्ष, आईसीसी सदस्य, अध्यक्ष र हाल एसिया प्यासिफिक सहसंयोजकको जिम्मेवारी सफलतापूर्वक निभाईसकेका न्यौपानेले एनआरएनए अभियानमा लागिरहदा मलेसिया, मध्यपूर्व र कोरियाका श्रमिकका मुद्दालाई स्थापित गर्न आइसीसी सचिव पदमा उम्मेदवारी दिएको बताए ।

एनआरएनएले दिएको जिम्मेवारीलाई आत्मसाथ गर्दै विश्वसनिय, पारदर्शी र सफलतापुर्वक रुपमा प्राप्त गरेको ऐतिहासिक सफलता, सीप, क्षमता तथा अनुभवलाई आईसीसी सचिवका माध्यमबाट विश्वसामु पुग्न नयाँ जिम्मेवारी वहन गर्न सक्ने न्यौपानेले प्रतिवद्धता व्यक्त गरे ।

न्यौपानेले अहिलेसम्म सबै साथीहरुको माया, साथ, शुभेच्छा र समर्थनले सफलता हासिल गरेकोले अब पनि सोही अनुरुप आईसीसी सचिवमा पनि अत्याधिक मतले विजयी गराई सफलतालाई निरन्तरता दिन सबै गैरआवासीय नेपालीलाई अपिल गरेका छन् ।

एनआरएनएले संचालन गरेका हरेक अभियानमा सबैभन्दा धेरै आर्थिक तथा भौतिक सहयोग गरेका न्यौपाने नेपालमा नाकाबन्दी हुँदा होस् या महाभूकम्पमा या त तराई बाढिपहिरोमा आफै खटिएर सेवा गरे । गोरखामा बनेको भूकम्पपीडितको लाप्राक नमूना बस्ती, एनआरएनएको कार्यालय निर्माण तथा अन्य बेलाबेलामा आइपर्ने सामाजिक कार्यमा अग्रस्थानमा रहेर न्यौपानेले आर्थिक सहयोग गरे ।

एनआरएनएले आयोजना गरेका सबै कार्यक्रममा भौतिक, आर्थिकलगायतका सबै प्रकारका सहयोगमा अग्रसर न्यौपानेले संघप्रतिको आफ्नो निःस्वार्थ र निरन्तर सहभागितालाई मूल्यांकन गरि आगामी कार्यकालमा संस्थामार्फत थप सेवा पुर्याउनका लागि आफ्नो उम्मेदवारी भएको बताएका छन् ।

संघको सचिवमा रहेर ‘पद्धति र पारदर्शिताः समावेशी एनआरएनए हाम्रो प्रतिबद्धता’ भन्ने प्रमुख एजेण्डा बोकेर न्यौपानेले आफ्नो उम्मेदवारी घोषणा गरेको बताउँछन् ।

आफ्नो उम्मेदवारीबारे प्रष्ट पार्दै उनले एनआरएनएमा पद्धति र पारदर्शिताको विकास गरी समावेशी एनआरएनए बनाउन र एनआरएनएभित्र भईरहेको फोहोरी खेलको गन्धसमेत छिर्न नदिनु नै आफ्नो उम्मेदवारीको प्रमुख उद्देश्य रहेको बताएका छन् ।

सचिव पदमा उम्मेदवारी दिंदै न्यौपानेले आफ्ना प्रतिवद्धताहरु पनि सार्बजनिक गरेका छन् । उनको प्रतिवद्धतामा सुरक्षित, मर्यादित र सम्मानित वैदेशिक रोजगार, गैरआवासीय नेपाली नागरिकता, रेमिट्यान्सको सही सदुपयोग र लगानी, स्वदेशमा पर्यटन प्रर्वद्धन र विदेशमा नेपाल चिनाउन, एनआरएनमा सबैको स्वामित्व, गोर्खाजको सम्मानित अधिकार तथा राष्ट्र विकासका लागि योगदान र विज्ञ नेपालीको पहिचानलगायतका विषय रहेको छ ।

मलेसिया तथा नेपालमा विभिन्न व्यवसायमा लगानी गरेर सयौंलाई रोजगारी दिएका न्यौपानेले मलेसियासँगै नेपालमा हाईड्रो, ट्राभल्स, रियल स्टेटलगायत क्षेत्रमा लगानी गरेका सफल व्यवसायी हुन् । टिम कूल आचार्यबाट न्यौपानेले एसिया प्यासिफिक क्षेत्रको प्रतिनिधित्व गर्दै आइसीसी सचिव पदमा उम्मेदवारी दिएका हुन् ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *