तालिवानले कठोर सजाँय व्यूँताउनै लागेको हो ?

डिसी नेपाल
८ असोज २०७८ १३:१४

काबुल। दोषिमाथि दिइने अमानवीय सजाँय र महिलामाथि लगाइएको प्रतिबन्धका कारण तालिवानको पहिलो शासनकाल विश्वमै कुख्यात थियो। सन् १९९६ मा तालिवानको पहिलो शासनकालमा बलात्कार अभियोग लागेका व्यक्तिको अंग छेदन गरिन्थ्यो भने सामान्य अपराध गर्नेलाई पनि सार्वजनिक स्थलमा लगेर हात र खुट्टा काटिन्थ्यो।

महिलाले सम्पूर्ण शरिर ढाक्ने बस्त्र लगाउनुपथ्र्यो। उनीहरुलाई विद्यालय जान र घरबाट एक्लै बाहिर निस्कन रोक थियो। तालिवानले सिमान्तकृत र अल्पसंख्यकको अधिकार पनि कटौती गरेका थिए।

पाँच साताअघि काबुल कब्जा गरेका तालिवान फेरि सत्तामा फर्किएका छन्। तर, महिला मन्त्रालय खारेज गरिएको छ भने दन्डमामिला हेर्ने मन्त्रालयल व्यूँउताइएको छ। तालिवानको सत्तापलटपछि त्रासका कारण कार्यलय नगएका महिला कर्मचारीलाई काममा नफर्कन उर्दी जारी गरिएको छ। अलग्गै पढाउने व्यवस्था नगरिएसम्म छात्रालाई विद्यालय जान रोक लगाइएको छ।

विश्वविद्यालयका छात्राले अलग्गै पोसाक लगाउनुपर्नै नियम बसालिएको छ । र, आफ्ना अधिकार कटौती भएको बिरोधमा प्रदर्शनमा उत्रिएका महिलामाथि बन्दूक तेर्साइएको छ।

तालिवानका वरिष्ठ नेता मुल्लाह नोरुद्दिन तुराबीले कडा सजाँय र मृत्युदण्ड कायमै रहने बताएका छन् । ‘कठोर सजाँयका लागि हामीलाई धेरैले आलोचना गर्छन् । यो आ–आफ्नो देशको कानूनमा निर्भर हुन्छ,’ पूर्व कानुनमन्त्रीसमेत रहेका नोरुद्दिनले भने । ‘हाम्रो कानुनबारे कसैले केही भन्न मिल्दैन् । हामी कुरानमा आधारित रहेर कानुन बनाउँछौं’, उनले थपे।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *