संवैधानिक इजलासमा प्रधानन्यायाधीश रहने नरहने मुद्दा : एमिकस क्युरी नआएपछि सुनुवाइ स्थगित
काठमाडौं। संवैधानिक निकायमा नियुक्तिसम्बन्धी मुद्दा हेर्ने संवैधानिक इजलासमा प्रधानन्यायाधीश रहने वा नहरने भन्ने विवादमा आज सुनुवाइ हुन सकेन। विवादको निरुपण गर्न सर्वोच्च अदालतले बारसँग मागेको एमिकस क्युरी उपस्थित नभएपछि मुद्दाको सुनुवाइ प्रभावित बनेको हो।
न्यायाधीशद्वय प्रकाशकुमार ढुंगाना र मनोजकुमार शर्माको संयुक्त इजलासमा अधिवक्ता डा.गणेश रेग्मीले संवैधानिक इजलासमा प्रधानन्यायाधीशको अनिवार्यता औल्याउँदै दायर गरेको रिट पेसीमा चढेको थियो।
‘सर्वोच्च र नेपाल बारलाई एमिकस क्युरी मनोनयनका लागि चिठ्ठी गएको थियो । एमिकस क्युरी बहस गर्न पनि आउनुभएन । नाम पनि पठाउनुभएन। त्यहीँ भएर आज सुनुवाइ हुन सकेन,’ सर्वोच्च अदालतका प्रवक्ता बाबुराम दाहालले भने, ‘एमिकस नामावली प्राप्त भएपछि गम्भीर प्रकृतिको मुद्दा भएकाले अविलम्ब पेसी चढाउने आदेश भएको छ।’







डिसी नेपाल








Facebook Comment