दैलेखमा अरिंगालको टोकाईबाट एक जनाको मृत्यु
काठमाडौं । दैलेखको ठाटिकाँधमा अरिंगालको टोकाइबाट एक जनाको ज्यान गएको छ। ठाटिकाँध ५ बुढागाउँका ४८ वर्षिया देब बहादुर शाहीको अरिंगालको टोकाइबाट मृत्यु भएको स्थानीय सुर्य बहादुर शाहीले जानकारी दिए।
बिहीबार स्कुलमा छोराको सर्टिफिकेट लिन जाने क्रममा कालो अरिंगालले शरीरमा टोक्दा घाइते भएका थिए। उपचारको लागि हेलिकोप्टरमा सुर्खेत ल्याइएको थियो। प्रदेश अस्पताल सुर्खेतमा उपचारकै क्रममा शुक्रबार राति ९ बजे मृत्यु भएको जिल्ला प्रहरी कार्यलय दैलेखले जनाएको छ ।
समाजसेवी समेत रहेका शाहीले बालबालिकाको स्कुल जाने बाटोमा अरिंगालको गोलो देखेपछि बालबालिकाकालाई असर पुरयाउने मनशायले त्यसलाई धपाउने प्रयास गरेका थिए।
No ads found for this position
प्रतिक्रिया

डिसी नेपाल
Facebook Comment