निर्धारित मितिमै महाधिवेशन गर्नुको विकल्प छैन : नेता सिंह
काठमाडौं । नेपाली कांग्रेस पूर्वमहामन्त्री प्रकाशमान सिंहले पार्टीको १४औँ महाधिवेशन अन्तर्गत आज शनिबार भइरहेको गाउँपालिका/नगरपालिकाका अधिवेशनको सफलताको शुभकामना दिएका छन्। उनले पार्टीभित्रको आन्तरिक प्रतिस्पर्धालाई मित्रवत रूपमा अघि बढाउन पनि अपिल गरेका छन्।
पार्टी रुपान्तरणका लागि नेतृत्व परिवर्तन पनि महत्त्वपूर्ण भएकाले स्थानीय तहबाटै यसको सुरुवात हुन जरुरी रहेको उनले शुभकामना सन्देशमा उल्लेख गरेका छन्। ‘त्यसैले नेता छनोटमा विशेष ध्यान दिएर पार्टीलाई संस्थागत रुपमा अगाडि बढाउन सक्ने, जनतामाझ भिज्न सक्ने, नागरिकमा केही गर्छ भन्ने विश्वास जगाउन सक्ने, भिजन सहितको नेतृत्व चयन गर्नु हुन समेत अपिल गर्दछु,’ उनले भनेका छन्।
नेता सिंहले निर्धारित मितिमै महाधिवेशन सम्पन्न गर्नुको अर्को विकल्प नरहेको बताएका छन्। ‘सबैले आ-आफ्नो ठाउँबाट महाधिवेशन सुनिश्चितताका लागि इमान्दार प्रयास गरौं,’ उनले भनेका छन्।
No ads found for this position


डिसी नेपाल
Facebook Comment