उद्योगपति वसन्त चौधरीको दुबईमा मुटुको उपचार हुँदै

डिसी नेपाल
९ असोज २०७८ १३:३८
88
Shares

काठमाडौं । उद्योगपति वसन्त चौधरीले मुटुमाथि समस्या देखिएकोले थप उपचारका लागि दुबईमा रहेको बताएका छन् । चौधरीलाई हृदयघात भएको खबरहरु आएका बेला उनले मुटुको धमनीको उपचार गर्न दुबई गएको विज्ञप्तिमार्फत जानकारी दिएका हुन् ।

‘मुटुमा असहजता महसुस भएकाले नर्भिकमा एन्जियोग्राफी गराएको थिए,’ विज्ञप्तिमार्फत चौधरीले भनेका छन्, ‘नर्भिकमा एफएफआर÷आइभुस प्रविधि नभएकोले मुटुको धमनीको थप उपचार गराउन दुबई आउनु परेको हो ।’

चौधरी हाल अस्पतालमा उपचाररत छन् । चौधरीले दुबईको अस्पतालबारे भने केही खुलाएका छैनन् ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.