कर्णालीका मुख्यमन्त्रीकाे गलामा मालाकाे मूल्य एक लाख!
सुर्खेत। कर्णालीका मुख्यमन्त्री महेन्द्रबहादुर शाही हेलिकाेप्टरका शाैखिन छन्। उनी कहिले हेलिकाेप्टर चार्टर गरेर मुगु,कालिकाेट, जुम्ला हुम्ला पुग्छन् त कहिले डाेल्पा।
०७६/७७ मा मुगु, कालिकोट, हुम्ला र जुम्लामा सामुदायिक नर्सिङसम्बन्धी कार्यक्रमको अनुगमनमा हेलिकाेप्टर चार्टर गरेर मुख्यमन्त्री शाहीले १० लाख सकेपछि महालेखा परीक्षककाे कार्यालयले लेखा परीक्षणमा प्रश्न उठाएकाे थियाे।
तर, उनै मुख्यमन्त्री फेरि हेलिकाेप्टर चढेर शनिबार डाेल्पा पुगे। उद्योग पर्यटन वन तथा वातावरण मन्त्री नन्दसिंह बुढासहितलाई लिएर हिँडेका मुख्यमन्त्री शाहीले चार लाखकाे हवाइ इन्धन र्चेका छन्। इन्धन खर्च जगदुल्ला गाउँपालिकाले तिरेकाे छ।
उनकाे याे भ्रमणमा अर्काे अनाैँठाे दृष्य देखियो। गलामा मालाकाे भारी। शाही र बुढासँगै खर्चे बेहाेर्ने डोल्पाको जगदुल्ला गाउँपालिका अध्यक्ष नरसिंह रोकायाकाे गलामा ४०/४० किलाेकाे १ लाख मूल्यकाे माला थियाे।
हिमाली पाटनको फूल ल्याउन र माला बनाउन एक लाख रुपैयाँ खर्च खर्च भएको गाउँपालिका स्राेतले जानकारी दिएकाे छ । जसमा श्रमिककाे ज्याला पनि जाेडिएकाे छ।
शनिबार डोल्पाको जगदुल्ला गाउँपालिका-६ स्थित एक आवासीय विद्यालय र गाउँपालिकाको प्रशासकीय भवन उद्घाटन गर्न मुख्यमन्त्री शाही, उद्योग पर्यटन वन तथा वातावरणमन्त्री बुढा हेलिकप्टर चढेर गएका डोल्पा पुगेका थिए।
१ करोड २३ लाख ८६ हजार रुपैयाँ लागतमा दलित आवासीय विद्यालय सञ्चालन भएको र विद्यालयमा पालिकाले ७० प्रतिशत र प्रदेश सरकारले तीस प्रतिशत रकम लगानी गरेको गाउँपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत केशवराज जैसीले बताए। ‘कक्षा पाँचसम्म विद्यालयमा नै बसेर बढ्न पाउने छन्,’ उनले भने, ‘यो विद्यालय गाउँपालिकाको नमूना विद्यालय पनि हो।’
गाउँपालिकाको प्रशासनिक भवनको पनि उदघाटन गरेका छन्। गाउँपालिकाको ७० प्रतिशत र संघीय सरकारको तीस प्रतिशत बजेट रहेको उक्त भवन निर्माणका लागि चार करोड ४३ लाख १० हजार खर्च भएको अधिकृत जैसीले बताए।
४० किलाेको माला लगाएको विषयमा सामाजिक सञ्जालमा शाही,बुढा र रोकायामाथि टिप्पणी भइरहेकाे छ।







डिसी नेपाल








Facebook Comment