एमाले केन्द्रीय कमिटी बैठकमा ओली र पोखरेलले जवाफ दिने

डिसी नेपाल
१० असोज २०७८ ८:४९
64
Shares

काठमाडौं । नेकपा एमालेको केन्द्रीय कमिटी बैठक विभिन्न प्रतिवेदनमाथि समूहगत छलफलमा आएका निष्कर्षहरूलाई समेट्दै आज सकिने भएको छ।

आगामी विधान राष्ट्रिय महाधिवेशनमा प्रस्तुत हुने प्रतिवेदनमाथि छलफलबाट आएका निष्कर्षहरूलाई दस्तावेजीकरण गर्दै बैठक सकिने भएको हो।

बिहान ११ बजे तुलसीलाल स्मृति प्रतिष्ठान च्यासलमा बस्ने बैठकमा समूहगत छलफलमा आएका सुझावलाई दस्तावेजीकरण गर्ने र प्रतिवेदनका विषयमा उठेका जिज्ञासाको अध्यक्ष केपी शर्मा ओली र महासचिव ईश्वर पोखरेलले जवाफ दिने कार्यक्रम रहेको पार्टी केन्द्रीय कार्यालयका सचिव शेरबहादुर तामाङले बताए।

आगामी विधान महाधिवेशनका लागि प्रस्तावित राजनीतिक, संगठनात्मक र विधान संशोधनसम्बन्धी प्रतिवेदनमा छलफल गर्न प्रदेश र विभिन्न विभागीय गरी १० वटा समूह बनाएको थियो। समूहगत छलफलका क्रममा नेताहरूले उमेर हद र पदाधिकारी अवधिका विषयमा सुझाव दिएका थिए।

पार्टीमा पुराना पुस्ताको वर्षौंदेखिको ववर्चस्वले नयाँ पुस्ताले अवसर नपाएको सुझाव समूहगत छलफलमा आएको थियो। ७० वर्षे उमेर हद र एउटा व्यक्ति दुई कार्यकालभन्दा बढी कार्यकारी पदमा बस्न नपाइने व्यवस्था कार्यान्वयनका लागि केन्द्रीय सदस्यले जोड दिएका छन्।

केन्द्रीय कमिटी बैठक शुक्रबारदेखि जारी छ। एमालेको विधान राष्ट्रिय महाधिवेशन १५–१७ असोजमा हुने मिति तय गरिएको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.