कांग्रेस अधिवेशन : भक्तपुरका चारवटै नगरमा सभापति चयन
भक्तपुर । भक्तपुरका चार वटै नगरपालिकामा नेपाली कांग्रेसको नगर सभापति चयन गरेकाे छ। आइतबार जिल्लाको विभिन्न स्थानमा भएको नेपाली कांग्रेसको १४ औँ महाधिवेशन अन्तर्गतका गाउँ/नगर अधिवेशनले नगर सभापतिसहित पदाधिकारी चयन गरेकाे हो।
कुन पालिकामा को विजयी ?
भक्तपुर नगरपालिका सभापतिमा राजेन्द्र तमखु विजयी भएका छन्। उनले प्रत्यासी एवं निवर्तमान सभापति राम कासुलालाई २१ मतले पछाडि पारे। तमखुलाई ८९ मत प्राप्त हुँदा कासुलाले ६८ मत पाए।
उपसभापतिमा राजन जोशी र रोशन तुकबन्जार, सचिवमा रत्नसुन्दर खुजु र सुनिलराज दैवज्ञ, सहसचिवमा विष्णुप्रसाद गणेजु र आरती रञ्जीत, नगर क्षेत्रीय प्रतिनिधिमा रमा ढकाल शिल्पकार र विश्वजित भैल विजयी भएका छन्।
मध्यपुरथिमि नगरपालिका हरिदास प्रजापति नेतृत्वको समूह विजयी भएको छ। प्रजापतिले प्रत्यासी एवं निवर्तमान सभापति सुरेन्द्र श्रेष्ठलाई १०५ मतले हराए। प्रजापतिले १९० मत पाउँदा श्रेष्ठले ८५ मतमा चित्त बुझाए। उपसभापतिमा अनिल श्रेष्ठ र सीताराम कुटु, सचिवमा राम थापा मगर र रवी घजु तथा सहसचिवमा विजय प्रजापति र जीवन श्रेष्ठ विजयी भएका छन्।
चाँगुनारायण नगरपालिका शिवहरी केसीको समूह विजयी भएको छ। वर्तमान सभापतिसमेत रहेका केसीले आफ्ना प्रत्यासी गोपाल पौडेललाई १३० मतले हराए। केसी १८८ मतसहित विजयी हुँदा पौडेलले ५८ मतमा चित्त बुझाए। उपसभापतिमा राजकुमार दाहाल र दिनेशराज गिरी, सचिवमा दिनेश थापा र सिजन कार्की तथा सहसचिवमा गोकर्ण पुरी र चन्द्रशेखर खत्री विजयी भए।
सूर्यविनायक नगर सभापतिमा निशान ढुंगेल नेतृत्वको समूह चयन भएकाे छ। ढुंगेललले निकटतम प्रत्यासी रवी राणालाई ३८ मतले हराए। उनले १४४ मत प्राप्त गर्दा राणाले ११२ मत पाए।
ढुंगेल कांग्रेस जिल्ला सचिव थिए भने राणा सूर्यविनायक नगर उपसभापति थिए । उपसभापतिमा रमण कायस्थ र रमेश अधिकारी, सचिवमा सुमन न्यौपाने र विश्वराम थापा, सहसचिवमा अमिर ढुंगाना र सुरेश केसी विजयी भएका छन्।







डिसी नेपाल








Facebook Comment