कोरोनालाई चुनौती दिँदै दसैंकाे शपिङ गर्नेकाे भीड (फोटोफिचर)

फुर्पा शेर्पा
११ असोज २०७८ ८:०४

काठमाडौं। नेपालीहरुको मुख्य पर्व दशैं नजिकिँदै गर्दा काठमाडौं उपत्यको विभिन्न भागहरुमा अहिले निकै चहलपहल बढ्न थालेको छ। पछिल्ला दिनमा कोरोना संक्रमितको संख्या घट्न थालेको छ।

कोरोना संक्रमितको संख्या ह्वात्तै घटे पछि कोरोनाप्रतिको हेलचेक्र्याँइ पनि बढेको छ। सार्वजनिक स्थानमा विना मास्क हिँड्नेको संख्या बढिरहेको देखिन थालेको छ।

सामाजिक दूरी र स्वास्थ्य मापदण्ड पालना नगर्दा कोरोना संक्रमितको संख्या बढेको विज्ञहरुले बताइरहेका बेला सर्वसाधारणले स्वास्थ्य मापदण्डको पालना गरेको देखिँदैन।

कोरोनाका कारण लामो समयदेखि सुनसान भएको बजार अहिले निकै चहलपहल भएको देख्न सकिन्छ। कोरोनाको पहिलो लहर नेपाल भित्रिएसँगै देशमा बन्दाबन्दीका कारण सबैको गरिखाने व्यापार व्यवसायको अवस्था दयनीय भएको थियो। तर उक्त बन्दाबन्दीपछि अहिले बिस्तारै सबै कुराहरु सामान्य रुपमा फर्किँदैछ।

दसैंमा घर जानेहरूको भिडभाड हुने भएकाले सरकार र यातायात व्यवसायीहरूद्वारा अग्रिम टिकट बुकिङ खुलाएर व्यवस्थापन गर्ने तयारी गरिएको छ। कोरोनाका कारण सबै व्यवसाय अत्याधिक मर्कामा परेको व्यवसायीहरु अहिले बिस्तारै सामान्न तर्फा फकिन्न थालेको व्यवसायीहरु प्रतिक्रिया रहेको छ।

न्युराेडमा लुुगाको व्यवसाय चलाउँदै आएका व्यवसायी पेम्बा तामाङ २६ वर्षको अनुभवमा अहिलेको जस्तो अरुबेला नभएको बताउँछन्।
‘लुगा व्यवसायहमा २६ वर्षको अनुभव छ।

पहिला अरुकोमा काम गरेँ, अहिले आफ्नै गर्दै छ,’ तामाङ्गले डिसीनेपालसँग भने, ‘कोरोनाका कारण निकै अप्ठायारो भएको थियो तर अहिले बिस्तारै थोरै भएपनि राहत मिलेको छ। अहिले ग्राहकहरुको चहलपहल बढेको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *