२०७७ काे पद्मश्री पुरस्कार दाहालको ‘मोक्षभूमी’लाई
काठमाडौं । साहित्यकार तथा लेखक केशव दाहालको कृति ‘मोक्षभूमी’ पद्मश्री पुरस्कार २०७७ बाट पुरस्कृत हुने भएको छ।
खेमलाल हरिकला लामिछाने समाज कल्याण प्रतिष्ठानले हरेक वर्ष प्रदान गर्ने उक्त पुरस्कार २०७७ सालको लागि दाहालको मोक्षभूमीले पाउने भएको प्रतिष्ठानका अध्यक्ष जीवा लामिछानेले ट्वीटरमार्फत जानकारी गराएका छन्।
पुरस्कृत हुने भएपछि खुसी भएको सुनाउँदै लेखक दाहालले सबै पाठकप्रति कृतज्ञ रहेको जानकारी दिए। उनले कर्णालीको सिजा राज्यको दास मुक्तिको कथालाई मोक्षभूमीमा लिपिबद्ध गरेका हुन्।
तात्कालीन सिजा राज्यमा चक्रवर्ती सम्राट क्राचल्लदेवले गरेको युद्ध अपराध र पापको प्रायश्चित्तका लागि दस हजार दासहरूलाई मुक्त गरिएपछि त्यसपछि सिन्जामा आएको उथलपुथलसँगै आर्य–खस जातीय श्रेष्ठता र मानव श्रेष्ठताको महाबहस सुरु भएको दाहालको मोक्षभूमीमा उल्लेख छ।
पद्मश्री पुरस्कार वर्षमा २०६३ सालदेखि वर्षमा एक उत्कृष्ट कृतिलाई प्रदान गरिँदै आएको छ।

No ads found for this position

डिसी नेपाल
Facebook Comment