कपनबाट ४ वर्षीय बालक बेपत्ता

डिसी नेपाल
१२ असोज २०७८ १८:०६

काठमाडौं । सोमबार काठमाडौंको कपनबाट ४ वर्षीय बालक हराएका छन् । ४ वर्षीय बालक पियुस शर्मा हराएको उजुरी प्रहरीमा परेको छ ।

भारत घर भई कपनको टहरोमा बस्दै आएका विनोद शर्माका ४ वर्षीय छोरा पियुसको सोमबार दिउँसो साढे ४ बजे हराएको प्रहरीले जानकारी दिएको छ । प्रहरीले ती बालक अपहरणमा परेको आशंका गर्दे खोजतालस थालेको छ ।

पियुसको घरबाट कुनै एक व्यक्तिले ती बालकलाई बोकेर लगेको र चावाहिलको बस स्टेशनसम्म पुगेको देखिएको प्रहरी स्रोतले जानकारी दियो । यद्यपि प्रहरीले ती बालक अपहरण परेको हो भन्नेबारेमा केही बताएको छैन ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *