दुर्गमका जिल्लामा कुहिएको चामल पठाइएपछि उपभोक्ता हित समितिको चासो

डिसी नेपाल
१२ असोज २०७८ १८:५५

काठमाडौं । पत्रपत्रिकामा दुर्गमका जिल्लामा कुहिएको चामल पठाइएको र केही जिल्लामा दसैंका लागि खाद्यान्न अभाव भएको सुनिएपछि संसदीय समितिअन्तर्गत उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिले चासो बढाएको छ ।

सिंहदरबारमा आज बसेको समितिको बैठकले चाडपर्वको बेलामा दैनिक उपभोग्य सामग्रीको पर्याप्तता, सुपथ मूल्य पसल र बजार अनुगमनमा ध्यान केन्द्रित गर्न उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयलाई निर्देशन दिएको हो । समितिका सभापति विमलप्रसाद श्रीवास्तवले बजारमा काठमाडौँमा चिनी र दुर्गमका जिल्लामा खाद्यान्न अभाव भएको जानकारी आएको भन्दै तत्काल आपूर्तिको व्यवस्था गर्न निर्देशन गरेका हुन् ।

समितिका सदस्यले चाडपर्वको समयमा बजारमा हुने कालोबजारीमा ध्यान केन्द्रित गर्न निर्देशन दिनुभएको थियो । समितिका सदस्य देवेन्द्र पौडेलले राज्यले दिएको छुट उपभोक्ताले अनुभूति गर्न नसकेको भन्दै सुपथ मूल्यका पसलमा पर्याप्त खाद्यान्नको बिक्री वितरणमा जोड दिएका थिए ।

उनले सरकारी संस्थान काठमाडौँ उपत्यकामा मात्र केन्द्रित भएको भन्दै दुर्गमका जिल्लामा पर्याप्त मात्रामा खाद्यान्नको मौज्दात राख्नुपर्नेमा जोड दिए ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *