स्थायी कमिटी बैठकअघि प्रचण्डले भेटे प्रधानमन्त्री देउवा

डिसी नेपाल
१३ असोज २०७८ १२:२७
68
Shares

काठमाडौं । माओवादी केन्द्रको स्थायी कमिटी बैठक पेरिसडाँडामा सुरु भएको छ। पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड प्रधानमन्त्री शेरबहादुर देउवालाई बालुवाटारमा भेटेर फर्केलगत्तै पेरिसडाँडामा स्थायी कमिटी बैठक सुरु भएको हो।

माओवादी केन्द्रको आजको बैठकले मन्त्री बन्नेको नाम टुंगो लगाउने एक नेताले बताए। माओवादीले यसअघि जनार्दन शर्मालाई अर्थ र पम्फा भुसाललाई ऊर्जामन्त्रीका रूपमा सरकारमा पठाइसकेको छ।

राजनीतिक दलसम्बन्धी अध्यादेश खारेज भएसँगै मन्त्रिपरिषद्लाई पूर्णता दिने तयारी भएको हो। प्रधानमन्त्री देउवाले सम्भवतः बिहीबारसम्म मन्त्रिपरिषद्लाई पूर्णता दिने भएका छन्। प्रधानमन्त्री देउवा र प्रचण्डबीच बालुवाटारमा भएको छलफलमा सरकार सञ्चालन र मन्त्रिपरिषद् विस्तारबारे छलफल भएको थियो।

प्रधानमन्त्री देउवाले सत्तासाझेदार दलहरूसँग मन्त्री बन्नेहरुको नाम माग्नु भएको छ। कांग्रेसले सात, माओवादी, जसपा र एकीकृत समाजवादीले पाँच-पाँच मन्त्री र एक राज्यमन्त्री पाउने सैद्धान्तिक सहमति जुटिसकेको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.