कांग्रेस अधिवेशन : अर्घाखाँचीका पाँच पालिकामध्ये तीनमा सर्वसम्मत, दुईमा निर्वाचन
अर्घाखाँची । नेपाली कांग्रेसको पालिका अधिवेशन अन्तर्गत अर्घाखाँचीका पाँच स्थानीय तहमध्ये तीनमा सर्वसम्मत र दुईमा निर्वाचनमार्फत नेतृत्व चयन गरिएको छ।
मालारानी गाउँपालिका, छत्रदेव गाउँपालिका र पाणिनी गाउँपालिकामा सर्वसमत नेतृत्व चयन गरिएको छ भने शितगंगा नगरपालिका र सन्धिखर्क नगरपालिकामा भने निर्वाचनमार्फत नेतृत्व चयन गरिएको हो।
मालारानी गाउँपालिकाको सभापतिमा शोभाखर खनाल, छत्रदेव गाउँपालिकामा प्रकाशराज पन्थी र पाणिनी गउँपालिकामा तुल्सी पौडेल निर्विरोध सभापतिमा निर्वाचित भएका हुन्।
शितगंगा नगरपालिकामा भने निर्वाचनमार्फत सभापतिमा मोहन पन्थी निर्वाचित भएका छन्।
सन्धिखर्क नगरपालिकामा पनि मतदानमार्फत नेतृत्व चयन गरिएको हो। नगर सभापतिमा लिलाधर बस्याललाई ३२ मतले पराजित गर्दै बाबुराम भुसाल निर्वाचित भएका हुन्।
No ads found for this position


डिसी नेपाल
Facebook Comment