संविधानसभा सदस्यकै क्रियाशील सदस्यता नवीकरण भएन
धनगढी । कैलाली क्षेत्र नम्बर–५ बाट ०७० सालमा कांग्रेसबाट संविधानसभा सदस्य बनेका पुष्करनाथ ओझाको नाम क्रियाशील सदस्यको सूचीबाट हटेको छ । ओझा क्रियाशील सदस्य रहेको कैलाली–५ ‘ख’ अन्तर्गत धनगढी–५ बाट कांग्रेसले ३३३ जना क्रियाशील सदस्यको नामवली सार्वजनिक गरेको छ । तर सो सूचीमा अोझाको नाम भने छैन ।
०७४ सालमा सम्पन्न आम निर्वाचनमा आफ्नै पार्टीका उम्मेदवारलाई हराउन भुमिका खेलेको भन्दै ओझालाई कांग्रेसले कारवाही गरेको थियो । कांग्रेसका सभापति शेरबहादुर देउवा पत्नि आरजु राणा देउवा कैलाली–५ बाट संघीय सांसदका लागि चुनावमा उठेकी थिइन् । उनी एमालेका उम्मेदवार नारदमुनि रानासँग पराजित भएकी थिइन् ।
निर्वाचनमा अन्तरघात गरेको आरोपमा ओझासँगै कारवाहीमा परेका अन्य व्यक्तिको भने क्रियाशील सदस्यता नवीकरण भएको कांग्रेस सचिव पूर्ण कुँवरले बताए । ‘ओझासँगै कारवाहीमा परेका अन्य केही व्यक्तिको क्रियाशील सदस्यता नवीकरण भएर आएको देखिएको छ,’ उनले भने, ‘पुष्करनाथ ओझाको सदस्यता भने नवीकरण भएको छैन ।’
No ads found for this position


डिसी नेपाल
Facebook Comment