‘द भ्वाइस अफ नेपाल’ विजेता किरण एअरपोर्टबाटै अमेरिका ‘डिपोर्ट’

डिसी नेपाल
१३ असोज २०७८ १६:३३
1.0k
Shares

काठमाडौं । ‘द भ्वाइस अफ नेपाल ३’ का विजेता किरण गजमेरलाई अध्यागमन विभागले त्रिभुवन विमानस्थलबाटै अमेरिका फिर्ता पठाएको छ ।

गजमेर ११ असोजमा कतार एअरको क्युआर ६५० नम्बरको विमानबाट त्रिभुवन विमानलस्थल ओर्लिएका थिए । उनलाई सोही दिन ‘डिपोर्ट’ गरिएको हो ।

अमेरिकी नागरिक गजमेरले सन् २०२१ मा नेपाल बस्न पाउने अवधि गुजारी सकेकाले उनलाई अमेरिका फिर्ता पठाइएको अध्यागमन विभागले जनाएको छ ।

नेपालको अध्यागमन कानुनअनुसार अमेरिकी नागरिकले एकपटकको प्रवेशमा जम्मा एक सय ८० दिन मात्रै नेपालमा बस्न पाउँछन् । गजमेरले सन् २०२१ मा सो अवधि बिताइसकेकाले उनी अब अझै तीन महिना नेपाल प्रवेश गर्न पाउने छैनन् ।

भुटानी शरणार्थीका रूपमा झापाको शरणार्थी शिविरमा बस्दै आएका गजमेरलाई संयुक्त राष्ट्रसंघले तेस्रो मुलुक पुनर्वास कार्यक्रमअन्तर्गत सन् २०११ मा अमेरिका लगेको थियो । परिवारसहित अमेरिका बस्दै आएका गायक गजमेरले अमेरिकी भिसा प्रयोग गर्दै आइरहेका छन् ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *