काठमाडौँ महानगरपालिकामा कर्मचारी नभएपछि…..

डिसी नेपाल
१३ असोज २०७८ १८:३२

काठमाडौं । राजधानीका वडामा कर्मचारीको अभावमा काम हुन सकेको छैन ।

काठमाडौँ महानगरपालिका–५ मा इञ्जिनीयर नहुँदा विकास निर्माणको बजेट नै फ्रिज भएको वडाध्यक्ष रमेश डङ्गोलले गुनासोव्यक्त गरे । इञ्जिनीयरलगायत कर्मचारी नहुँदा आर्थिक वर्ष २०७७/२०७८ को विकास निर्माणका लागि वडामा आएको रु २५ लाख बजेट फ्रिज भएको उनले जानकारी दिए । ऐतिहासिक, धार्मिक एवं सांस्कृतिक दृष्टिले महत्वपूर्ण हाँडीगाउँ र विशालनगर क्षेत्र भएको वडाका विकास निर्माणका काम प्रभावित भएका छन् ।

वडा कार्यालयमा छ महिनादेखि कार्यालय सहयोगी छैन । खरिदार नभएको एक महिना भयो । डेढ वर्षदेखि इलेक्ट्रिसियन पद खाली छ । इलेक्ट्रिसियन नभएपछि आफूले खल्तीबाट रु ८५ हजार हालेर ज्यालादारीमा इलेक्ट्रिसियनको काम गराएको वडाध्यक्ष डङ्गोलले सुनाए । कार्यालय सञ्चालन गर्न आवश्यक जनशक्ति नै नभएपछि काममा कठिनाइ भएको छ । स्थानीय श्याम महर्जजन जनप्रतिनिधिले विकास निर्माणका काम गर्न खोजे पनि जनशक्तिको अभावमा काम हुन नसकेको बताए ।

 




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *